Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यूएईसँग नेपाल पराजित

यूएईसँग नेपाल पराजित

images

इच्छाकामना न्युज

२९, माघ २०७८
यूएईसँग नेपाल पराजित
images

काठमाडौं, २९ माघ । चार देशीय ट्वान्टी २० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । दीपेन्द्रले पभेलियन फर्किनुअघि ३३ बलमा पाँच चौका प्रहार गरे । यसैगरि ओपनर आशिफ शेखले २९ बलमा चार चौका र एक छक्कासहित ३४ रन बनाए । पहिलो विकेटका लागि आशिफले ज्ञानेन्द्रसँग ६ ओभरमा ५३ रनको साझेदारी गर्दै सुरुवातलाई राम्रो बनाए पनि नेपालले त्यही लयलाई अन्तिमसम्म निरन्तरता दिन सकेन् ।

ज्ञानेन्द्रले १९ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाए । यसबाहेक, राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका लोकेश बम ३३ रन बनाई आउट हुँदा सरद भेषावकर १० रनमा अविजित रहे । लोकेशले २१ बलमा समान दुई चौका र छक्का प्रहार गरे । युएईका कासिफ दाउद र रोहन मुस्तफाले दुई विकेट लिँदा जुनैद सिद्दिकले एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ९२ रनको योगफल खडा गरेको थियो । युएईका ओपनर सुरीले अविजित सर्वाधिक ८४ रन बनाए । सुरीले ५३ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहन मुस्तफाले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ४९ रन बनाए । सुरी र मुस्तफाले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।

यसबाहेक युएईका मुहम्मद वसिमले २२, र वसिल हमेदले १७ रन र मोहम्मद बुटाले १४ जोडे । नेपालका कप्तान सन्दीप लामिछाने, साहब आलम र आरिफ शेखले समान एक विकेट लिए ।

यसअघि नेपालले शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । शृंखलामा युएईको भने यो पहिलो खेल हो ।

नेपालले शृंखलाको अन्तिम खेलमा सोमबार आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । शृंखलाअन्तर्गत शनिबारै हुने अर्को खेलमा ओमानले आयरल्यान्डको सामान गर्दैछ ।

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - १६:१०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology