Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गाउँ ब्लक अन्तर्गत देशभरका नागरिकलाई लालपूर्जा वितरण हुँदै 

गाउँ ब्लक अन्तर्गत देशभरका नागरिकलाई लालपूर्जा वितरण हुँदै 

images

सिआईएन

२९, माघ २०७८
गाउँ ब्लक अन्तर्गत देशभरका नागरिकलाई लालपूर्जा वितरण हुँदै 
images

काठमाण्डौ, २९ माघ । गाउँ ब्लक अन्तर्गत लालपूर्जा वितरण भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ । जग्गा आफ्नै भएपनि लालपुर्जा नभएर स्वामीत्व विहिन भएका नागरिकलाई सरकारले पुर्जा वितरण गरेको हो ।

सीआइएनसँग कुराकानी गर्नुहुदै मन्त्री शशी श्रेष्ठले अहिले २२ जिल्लामा यो समस्या रहेको जानकारी प्राप्त भएको बताउनुभयो । लालपुर्जा नभएकै कारण नागरिकले नागरिकता समेत नपाएको तथा संविधानले दिएको अधिकार समेत उपभोग गर्न नपाएको भन्दै यो अभियानलाइ तीव्रता दिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

एकको जग्गा अर्काले भोगचलन गर्दै आएको गुनासो समेत मन्त्रालयमा प्राप्त भएकाले छानवीनको प्रक्रिया अघि बढिसकेको मन्त्री श्रेष्ठले बताउनुभयो । सरकार र मन्त्री परिवर्तन भइरहँदा सुकुम्बासी, भूमिहीन र विपन्न नागरिकलाई जग्गा दिने भनिए पनि कार्यान्वयनमा ढिलाइ हुँदै आएको छ । 

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - ०९:०४:४५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology