Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोनाको तेस्रो लहर सिथिल बन्दै 

कोरोनाको तेस्रो लहर सिथिल बन्दै 

images

सिआईएन

२९, माघ २०७८
कोरोनाको तेस्रो लहर सिथिल बन्दै 
images

काठमाण्डौ, २९ माघ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर निरन्तर घट्दै गएको भएपनि मृत्युदर भने घट्न सकेको छैन । एक साता भन्दा बढि समयदेखि नेपालमा कोरोनाका सङ्क्रमित निरन्तर घटिरहेका छन् । तर सङ्क्रमित घटे अनुसार मृत्युदर भने कम हुन सकेको छैन ।

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै १४ जनाको मृत्यु भएको छ । यस्तै हिजो पनि कोरोनाका कारण १२ जनाको मृत्यु भएको थियो । केही दिन यता दैनिक रुपमा १० जना भन्दा बढि सङ्क्रमितको मृत्यु भइरहेको छ ।

हिजो आजमा कोरोना सङ्क्रमित कम भएपनि पहिले नै सङ्क्रमित भएर अस्पताल भर्ना भएकाहरूको मृत्यु दर स्थिर रहेको चिकित्सकहरूले बताएका छन् । तर ओमिक्रोनको यो लहर भने अब कम हुँदै गएको विज्ञ चिकित्सकले बताएका छन् । सीआईएनसँग कुरा गर्दै सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अब कोरोनाको यो लहर सिथिल हुने क्रममा पुगेको बताउनुभयो ।

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - ०९:०३:१३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology