Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपाललाई जितका लागि १३६ रनको लक्ष्य

नेपाललाई जितका लागि १३६ रनको लक्ष्य

images

इच्छाकामना न्युज

२८, माघ २०७८
नेपाललाई जितका लागि १३६ रनको लक्ष्य
images

काठमाडौं, २८ माघ । चार देशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली ओमानले नेपाललाई १३६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।  

शुक्रबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनायो । 

ओमानका कप्तान जीसान मक्सूदले सर्वाधिक ४३ रन बनाए । उनले ४१ बलमा ४ चौका र एक छक्का हिर्काए । यस्तै मोहम्मद नदीमले ३१ रन जोड्दा जतिन्दर सिंहले १३ रनको योगदान गरे । 

यसअघि ओमानको अल अमेरात मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अविनाशले २६ रन खर्चिएका थिए । यस्तै कमल सिंह ऐरी, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए । 


ओमानविरुद्ध नेपालका सागर ढकाल, विवेक यादवले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । नेपालले आफ्नो दोस्रो खेलमा शनिबार संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्नेछ ।

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - १७:५५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology