Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एक वर्षमा अख्तियारमा भ्रष्टाचार सम्बन्धी २४ हजार बढी उजुरी, सबैभन्दा बढी स्थानीय तहमा

एक वर्षमा अख्तियारमा भ्रष्टाचार सम्बन्धी २४ हजार बढी उजुरी, सबैभन्दा बढी स्थानीय तहमा

images

पत्रपत्रिका

२८, माघ २०७८
एक वर्षमा अख्तियारमा भ्रष्टाचार सम्बन्धी २४ हजार बढी उजुरी, सबैभन्दा बढी स्थानीय तहमा
images

काठमाडौं, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा परेका २४ हजार १ सय ९० उजुरीमध्ये १५ हजार ५ सय ४७ उजुरी फस्र्योट गरेको छ । आयोगमा गत वर्षको २७ माघदेखि २०७८ को माघसम्म १४ हजार १ सय १६ उजुरी परेको थियो । यस्तै, अघिल्लो वर्षबाट १० हजार ७४ वटा उजुरीको जिम्मेवारी सरेर आएको थियो ।

जिम्मेवारी सरेर आएकासहित २४ हजार १ सय ९० उजुरीमध्ये १५ हजार ५ सय ४७ वटा उजुरी फस्र्योट गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । सहायक प्रवक्ता भण्डारीले कोभिड १९ का बाबजुद पनि अख्तियारले उल्लेख्य रूपमा उजुरीहरू फस्र्योट गर्न सफल भएको बताए ।

यस अवधिमा फस्र्योट भएका उजुरी प्रतिशत दर ६४ दशमलव २७ प्रतिशत रहेको छ । अख्तियारका अनुसार प्रारम्भिक छानबिनबाट फस्र्योट भएका उजुरीमध्ये ४ सय ९६ वटा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ भने ६ हजार १ सय ३२ उजुरी तामेलीमा राखिएको छ । ७ सय ६७ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ८ हजार १ सय ५२ उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाही गरिएको सहायक प्रवक्ता भण्डारीले बताए ।

सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तह, शिक्षा र भूमि प्रशासनमा

अख्तियारको वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा धेरै भ्रष्टाचार स्थानीय तहमा रहेको पाइएको छ ।

अख्तियारका अनुसार स्थानीय तहमा ३२ दशमलव ८३ प्रतिशत उजुरी रहेका छन् । त्यसपछि क्रमशः शिक्षा क्षेत्रअन्तर्गत ९स्थानीय तहसमेत० १५ दशमलव ९४ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ८ दशमलव २५, वन तथा वातावरण क्षेत्रअन्तर्गत ५ दशमलव शून्य २ प्रतिशत, गृह प्रशासनसँग सम्बन्धित ५ दशमलव शून्य २ प्रतिशत, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ४ दशमलव ४८ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित ३ दशमलव शून्य ९ प्रतिशत रहेको अख्तियारले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रअन्तर्गत २ दशमलव ८१ प्रतिशत र अर्थ मन्त्रालयसँग सम्बन्धित २ दशमलव ३० प्रतिशत उजुरी रहेका छन् । अख्तियारको प्रतिवेदनअनुसार शैक्षिक प्रमाणपत्रतर्फ २ दशमलव ९९ प्रतिशत, गैरकानुनी स्म्पत्ति आर्जनतर्फ ४ दशमलव ४८ प्रतिशत र अन्य निकाय र क्षेत्रअन्तर्गत १२ दशमलव ४७ प्रतिशत उजुरी रहेका छन् । राजधानी दैनिकमा खबर छ ।

 

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - ०९:३०:१५ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology