Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

माेरिससविरुद्धको जितपछि फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

माेरिससविरुद्धको जितपछि फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

images

इच्छाकामना न्युज

२७, माघ २०७८
माेरिससविरुद्धको जितपछि फिफा वरीयतामा नेपालको दुई स्थान सुधार
images

काठमाडौं, २७ माघ । अघिल्लो साता माेरिससविरुद्ध घरेलु मैदानमा प्राप्त दुई मैत्रीपूर्ण जितपछि नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ । 

बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७औं स्थानमा रहेको हो । 

यसअघिको वरीयतामा नेपाल १६९औं स्थानमा  थियो । दक्षिण एसियाली राष्ट्रको वरीयताको भने तेस्रो स्थानमा रहेको छ । भारत पहिलो स्थानमा रहँदा माल्दिभ्स दोस्रो स्थानमा रहेको छ । भारत १०४औं र माल्दिभ्स १५७औं स्थानमा छ । 

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । भुटान १८५औं, बंगलादेश १८६औं, पाकिस्तान १९७औं र श्रीलंका २०४औं स्थानमा छन् ।   

विश्व वरीयतामा नम्बर एकमा बेल्जियम यथावत् छ । यस्तै ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, इटाली, स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड क्रमशः दोस्रोबाट दशौं स्थानसम्म रहेका छन् । 

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - १९:४८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology