Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आँबुखैरेनीका पूर्वप्रमुख प्रशासकीय अधिकृत पोखरेलको कास्कीको माछापुच्छ्रेमा सरुवा

आँबुखैरेनीका पूर्वप्रमुख प्रशासकीय अधिकृत पोखरेलको कास्कीको माछापुच्छ्रेमा सरुवा

यस्तो रह्यो आँबुखैरेनीमा पोखरेलको १७ महिने बसाई

images

इच्छाकामना न्युज

२७, माघ २०७८
आँबुखैरेनीका पूर्वप्रमुख प्रशासकीय अधिकृत पोखरेलको कास्कीको माछापुच्छ्रेमा सरुवा
images

कास्की, २७ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलको कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सरुवा भएको छ। पोखरेलले बुधबारदेखि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कार्यभार सम्हालेका छन्। 

आँबुखैरेनीबाट केहि दिन अघि जिल्ला समन्वय समिति कास्कीमा सरुवा भएपनि त्यहाँबाट पनि उनको जिल्लाकै माछापुच्छ्रे गाउँपालिकामा सरुवा भएका हुन्।

आँबुखैरेनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा १७ महिना बसेका पोखरेलको यहाँको बसाई सुखद रहेको उनले बताए। 

उनको बसाईको क्रममा आँबुखैरेनीमा सधै विवादित हुने ढुङ्गा, गिट्टि, वालुवाको उद्खन्न कार्यको विवाद उती साह्रो देखिएन भने गाउँपालिकाको अन्य कामहरुमा पनि राम्रै प्रगति देखिएको छ। उनको पालामा आँबुखैरेनी गाउँपालिकाले हरेक सुचांकमा लक्ष्य भन्दा अगाडी भएको देखिएको छ। आन्तरिक आम्दानीमा सबै शीर्षकमा लक्ष्य भन्दा बढि आम्दानी देखिएको छ भने खर्चमा पनि ६० देखि ९० प्रतिशतसम्मको उपलब्धि देखिएको छ। 

पोखरेलले आँबुखैरेनी आए पश्चात नागरिकहरुको लागि निःशुल्क फोटोकपी र निवेदन लेखन सहितको हेल्पडेक्सको सुरुवात गरिदिएका थिए भने गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न, ३ वटा वडाकार्यालय भवन निर्माण सम्पन्न, २ वटा वडाको भवन निर्माण कार्यको सुरुवात, सबै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको स्थापना लगायतका कामहरु समयमा नै भएको देखिन्छ।

यस्तै गाउँपालिकाको अर्को टाउँको दुखाईको विषय रहेको बेरुजु पनि उल्लेख्य मात्रामा घटाउन उनी सफल देखिए।

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - ०९:४१:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology