Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

images

इच्छाकामना न्युज

२७, माघ २०७८
प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने
images

काठमाडाैं, २७ माघ । पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली  छ । 

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे प्रदेश १, बागमती र गण्डकीका पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

राति प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - ०७:५०:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology