Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

झापामा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

झापामा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

इच्छाकामना न्युज

२६, माघ २०७८
झापामा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु
images

काठमाडौं, २६ माघ । झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको  ज्यान गएको छ । बुधबार दिउँसो १ बजेतिर जिल्लाको गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।

images
images

गौरादह-१ गुरुङ चोकस्थित गौरादह–पाडाजुँगी सडक खण्डमा धान बोकेको ट्रकले किचेर शिवसताक्षी नगरपालिका-१ की ५३ वर्षीया हिमादेवी दाहालको मृत्यु भएको हो । 

उत्तरबाट दक्षिणतिर जाँदै गरेको प्र १–०१–०१४ प ३३२६ नम्बरको मोटरसाइकलको पछाडी सवार दाहाल मोटरसाइकलबाट सडकमा लडेकोमा उनलाई सोही दिशातर्फ जाँदै गरेको मे १ ख २६९८ नम्बरको ट्रकले किचेको थियो । दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल मृतकका श्रीमान् नन्दलालले चलाएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बिर्तामोड नगरपालिका-६ बुट्टाबारीस्थित पूर्व-पश्चिम लोकमार्गमा पश्चिम आउँदै गरेको मे१ज १९१८ नम्बरको म्याजिक भ्यानले विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–०१३ प ७३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । म्याजिकको ठक्करबाट मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ११ का ५४ वर्षीय दिलीप राजवंशी र पछाडी सवार बिर्तामोड ४ का ४९ वर्षीय कृष्ण राजवंशी घाइते भएका थिए ।

गम्भीर घाइते चालक राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - १९:०६:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology