Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनका चार लाख बढीको मतदाता सूचीलाई रुजु गर्दै निर्वाचन कार्यालय

चितवनका चार लाख बढीको मतदाता सूचीलाई रुजु गर्दै निर्वाचन कार्यालय

इच्छाकामना न्युज

२५, माघ २०७८
चितवनका चार लाख बढीको मतदाता सूचीलाई रुजु गर्दै निर्वाचन कार्यालय

चितवन, २५ माघ । वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन कार्यालय चितवनले निर्वाचन लक्षित काम सुरु गरेको छ ।

images

कार्यालयले मतदाता नामावलीको काम रोकेर संकलित मददाताको सूचीलाई रुजु गरी निर्वाचन आयोग पठाउने गरी काम सुरु गरेको हो ।

सोमबार सरकारले निर्वाचन घोषणा गरेकै दिन सोमबार निर्वाचन कार्यालयमा झण्डै २०० जना मतदाता नामावलीमा नाम दर्ताको लागि आएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ आजबाट मतदाता नामावली दर्ता रोकिएको छ । अब बाहिरी काम रोकिए पनि हामी आन्तरिकरुपमा निर्वाचनको तयारीको लागि व्यस्त हुनेछौं । संकलित मतदाताको सूचीलाई पुनःपरीक्षण गरेर निर्वाचन आयोगमा पठाउने तयारी गर्दै छौं ।’

कार्यालयका तथ्यांकअनुसार चितवनमा चार लाख पाँच हजार मतदाता रहेका छन् । सबै मतदाताको सूचीलाई रुजु गरेर निर्वाचन आयोगमा पठाइन्छ । कार्यालय प्रमुख कार्कीले, ‘निर्वाचन आयोगले हाम्रो मतदाताको सूची हेरेपछि फोटोसहित हामीलाई फिर्ता पठाउँछ । फिर्ता भएको सूचीलाई हामीले स्थानीय तहका वाड वाडमा टास्नेछौं । केही दाबी विरोध भएपछि त्यसलाई सच्याएर पुनः आयोग पठाएपछि बल्ल मतपत्र छपाइका काम सुरु हुनेछन् ।’ उनले निर्वाचन घोषणाको दिनसम्म १८ वर्ष पुगेकोले मात्र निर्वाचनमा सहभागी हुन पाउने बताए ।

निर्वाचन आचारसंहिताअनुसार चितवन निर्वाचन कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो । हालसम्म देशभर एक करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।

 

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - २१:४२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology