Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जनगणनाको प्रारम्भिक तथ्याङ्कमा चित्त नबुझेपछि स्थानीय तहले आफै गणना गर्दै 

जनगणनाको प्रारम्भिक तथ्याङ्कमा चित्त नबुझेपछि स्थानीय तहले आफै गणना गर्दै 

images

सिआईएन

२४, माघ २०७८
जनगणनाको प्रारम्भिक तथ्याङ्कमा चित्त नबुझेपछि स्थानीय तहले आफै गणना गर्दै 
images

सजना तिमल्सिना, काठमाडौँ, २४ माघ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्याङ्कमा चित्त नबुझेको भन्दै स्थानीय सरकारले आफै गणना सुरु गरेका छन् । 

तथ्याङ् बिभागले २ हप्ता अघि नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेपछि तथ्याङ्कलाई लिएर बिभिन्न कोणबाट बहस भइरहेको छ । हालको प्रारम्भिक तथ्याङ्क २०६८ को गणनामा देखिएको तथ्याङ्कसँग अमिल्दो रहेको भन्दै केही स्थानीय तहले पुनः गणना सुरु गरेका हुन् । 

रामेछापको खाँडादेवी गाउँपालिकाले फेरि गणना सुरु गरेको अध्यक्ष प्रेमबहादुर तामाङले बताउनुभयो । यस्तै बाजुराको गौमुल गाउँपालिकाले २०७७ सालमा लिएको तथ्याङ्कमा पालिकामा १० हजार ६ सय ९४ नागरिक रहेकामा राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा ८ हजार ७ सय ६५ जना रहेको उल्लेख भएपछि पालिकाले पुनः गणनाको माग गरेको छ । 

विभागको तथ्याङ्क अनुसार मनाङको नार्पाभूमि गाउँपालिकामा जम्मा ४ सय ४२ नागरिक छन् । गाउँपालिकाको अनुमान र बिभागको तथ्याङ्क मेल नखाएपछि पुनः गणनाको तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ लामाले बताउनुभयो ।  

विभागको तथ्याङ्कमा नागरिक, स्थानीय तहदेखि सांसद सम्मले असन्तुष्टि व्यक्त गरेका छन् । विभागका सूचना अधिकारी तिर्थराज चौलागाईले प्रारम्भिक तथ्याङ्कमा कुनै पनि गल्ती नभएको दाबी गर्नुभयो । 

जनगणनाबाट नागरिकको सङ्ख्या मात्रै होइन, भाषा, भेष, धर्म, पेशा, रोजगारी देखि शैक्षिक, आर्थिक, सामाजिक अवस्था सम्म एकिन हुन्छ । जसबाट देशको हरेक तथ्य तथ्याङ्क एकिन हुनुपर्ने हुन्छ । 

जनगणनामा देखिएको असन्तुष्टि स्वभाविक भएपनि आफुखुशी गणना गर्नु भन्दा पनि गणना पश्चातको सर्वेक्षणबाट त्रुटि सच्याउन तर्फ लाग्नुपर्ने जनसङ्ख्या विज्ञ डा. रुद्र सुवालले बताउनुभयो । २०६८ सालको जनगणना अनुसार नेपालमा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जना जनसङ्ख्या रहेको थियो । 

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - ०९:२४:५० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology