Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चार महिनादेखि दुई छोरा छाडेर श्रीमती हराएको भन्दै श्रीमान् आए मिडियामा

चार महिनादेखि दुई छोरा छाडेर श्रीमती हराएको भन्दै श्रीमान् आए मिडियामा

images

इच्छाकामना न्युज

२३, माघ २०७८
चार महिनादेखि दुई छोरा छाडेर श्रीमती हराएको भन्दै श्रीमान् आए मिडियामा
images

काठमाडौं, २३ माघ   मकवानपुर बकैया गाउँपालिकाका–४ का अर्जुन भोलनले चार महिना अगाडीदेखि श्रीमती कमला भोलन हराएको भन्दै खोजिदिन आग्रह गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भोलनले असोज ३० गतेदेखि हाल बस्दै आएको ललितपुर चापागाउँको झ्यालपाटीबाट श्रीमती हराएको बताए ।  

गलैचा कारखानामा काम गर्ने भोलनले भने,‘सबै प्रहरी प्रशासनमा खबर गरे पनि अहिलेसम्म केही पत्ता लागेको छैन । घरमा दुई वटा छोरा छन्, उनीहरूको बिचल्ली भएको छ ।’ माइतीपक्षले पनि छोरीको बारेमा केही जानकारी नदिएको उनले बताए । उनीहरूको एउटा चार वर्ष र अर्को ६ वर्षको छोरा भएको उनले जानकारी दिए । उनले श्रीमती तास खेल्ने र आफूले तास नखेल्न सुझाव दिँदै आएको पनि सुनाए । 

असोज ३० गते चापागाउँबाट हराएर एक हप्ता पछाडि माइतीघर मकवानपुर पुगेर बहिनीको मोबाइलबाट आफूलाई फोन गरेर घर फर्कन्छु भनेर कमलाले आफूलाई झुट्टो आश्वासन दिएको उनले गुनासो पोखे । ‘चाँडै नै घर आउँछु भनेको बुढी आजसम्म पनि फर्केकी छैन । उनी घर फर्केर आइदिए मात्रै हुन्थ्यो । अरू मलाई केही चाहिएको छैन,’ उनले भने ।

 

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - २०:२८:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology