Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

एमसिसीलाई चुनावपछि टुंग्याउन प्रचण्डको प्रस्ताव

एमसिसीलाई चुनावपछि टुंग्याउन प्रचण्डको प्रस्ताव

इच्छाकामना न्युज

२३, माघ २०७८
एमसिसीलाई चुनावपछि टुंग्याउन प्रचण्डको प्रस्ताव

काठमाडौं, २३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अमेरिकी अनुदान सम्बन्धि सम्झौता एमसिसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका छन् ।  आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको बैठकमा प्रचण्डले एमसिसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका हुन् । 

images

एमाले महासचिव शंकर पोखरेलका अनुसार चुनाव नजिकिएकोले एमसिसीलाई त्यसपछि टुंग्याउँदा ठिक हुने प्रचण्डको भनाइ थियो ।  तीत दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता अघि बढाउन र त्यसमा सहयोग गर्न एमालेको सहयोग माग गरेका थिए ।  तर, प्रचण्डले भने आगामी वर्षभित्र सबै तहको चुनाव गरिसक्नुपर्ने भएकाले एमसिसीलाई त्यसपछि मात्र टुंग्याउनु उपयुक्त हुने धारणा राखेको पोखरेलले जानकारी दिए । 

एमाले अध्यक्ष ओलीले एमसिसीका विषयमा पहिले सत्ता गठबन्धनबाट समान दृष्टिकोण आउनु पर्ने बताएका थिए । सत्ता गठबन्धनबीच पनि फरक फरक धारणा आउनु उपयुक्त नभएको उनको भनाइ थियो । 

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - २०:२२:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology