Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सानो आकारका विमान नहुँदा पहाडी क्षेत्रमा उडान कटौती हुँदै 

सानो आकारका विमान नहुँदा पहाडी क्षेत्रमा उडान कटौती हुँदै 

images

सिआईएन

२३, माघ २०७८
सानो आकारका विमान नहुँदा पहाडी क्षेत्रमा उडान कटौती हुँदै 
images

काठमाण्डौ, २३ माघ । सानो आकारका विमान पर्याप्त सङ्ख्यामा नभएपछि पहाडी तथा हिमाली क्षेत्रमा हुने उडानमा विमान कम्पनीहरूले कटौती गर्न थालेका छन् । पहाडी तथा हिमाली क्षेत्रमा प्रायः चार सयदेखि ६ सय मिटरका धावन मार्ग छन् । 

त्यहाँ सानो आकारका ट्विनटर विमान चल्ने भए पनि सरकारी तथा निजी क्षेत्रसँग यस्ता विमानको सङ्ख्या घट्दै गएका कारण यात्रुले चाहे जसरी उडान सेवा पाउन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार निजी विमान कम्पनीले ठूलो आकारका विमानबाट सेवा दिन थालेपछि मिलेसम्ममा धावन मार्ग विस्तारको काम पनि भइरहेको छ ।  

नेपाल वायु सेवा निगमसँग हाल ट्विनटर विमान २ वटा मात्रै छन् भने समिट, तारा लगायतका एयरलाइन्सले सानो आकारका जहाज पहाडी तथा हिमाली जिल्लामा उडाउँदै आएका छन् । 

लुम्बिनीको अर्घाखाँची, सुदूरपश्चिममा पर्ने अछामको कमल बजार, कर्णालीको डोल्पा मसिने चौर अनि प्रदेश १ मा इलामको सुकिलुम्बा विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माणको काम सकिए पनि सानो आकारका जहाज पर्याप्त सङ्ख्यामा नहुँदा नियमित उडानमा भने समस्या हुने देखिएको छ । 

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - ०९:१०:५३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology