Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आजको मौसम : देशका अधिकांश भू–भागमा मौसम सफा रहने 

आजको मौसम : देशका अधिकांश भू–भागमा मौसम सफा रहने 

images

इच्छाकामना न्युज

२३, माघ २०७८
आजको मौसम : देशका अधिकांश भू–भागमा मौसम सफा रहने 
images

चितवन, २३ माघ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुँदा मौसम पूर्ण रूपमा सफा हुन अझैँ दुई दिन लाग्ने छ । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र तराईका भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहीबाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

संचारमाध्यमसँग कुराकानी गर्दै वरिष्ठ मौसमविद् निराजन सापकोटाले पर्सिदेखि मौसममा पूर्ण सुधार आउने र आजदेखि खुल्न थालने बताउनुभयो । महाशाखाले मौसम बदली रहने भएकाले चिसो बढ्ने हुँदा सावधानी अपनाउन आग्रहसमेत गरेको छ ।

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - ०९:०३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology