Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कर्णालीमा भाेलि मन्त्रीपरिषद् विस्तार हुँदै, गैरसंसादलाई समेत मन्त्री बनाइदै

कर्णालीमा भाेलि मन्त्रीपरिषद् विस्तार हुँदै, गैरसंसादलाई समेत मन्त्री बनाइदै

इच्छाकामना न्युज

२२, माघ २०७८
कर्णालीमा भाेलि मन्त्रीपरिषद् विस्तार हुँदै, गैरसंसादलाई समेत मन्त्री बनाइदै
images

सुर्खेत, २२ माघ । कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रीपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भाेलि आईतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । 

images
images

माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया, नेपाली कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् ।

गैरसांसद मन्त्री बनाउने भएपछि माओवादी सांसदको विरोध
गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने भएपछि माओवादीका सांसदहरूले विरोध जनाएका छन् । माओवादी कर्णालीमा सबैभन्दा ठुलो दल हो । माओवादीका संसदीय दलका सचेतक तथा सांसद ठम्बरबहादुर बिष्टले गैरसांसदलाई मन्त्री बनाउन लागेपछि सामाजिक संञ्जालमा फेसबुकममा स्टाटस लेखेर विराेध गरेका छन् । ‘पहिला पहिला बुढाबुढीले भन्थे काशी जानु कुतिको बाटो नसमाउनु बाबु । आज यहि चरितार्थ भएको छ, माओवादी संसदीय दल कर्णाली प्रदेशमा । यसै पनि चाहे जुनसुकै पार्टी सम्बद्ध सांसद हुन कर्णाली प्रदेशका सांसदहरूको प्रदेश सभामा उनीहरूको भुमिकालाई हेर‍्‍याे भने कुनै खोट लाउने ठाउँ छैन,’ उनले भने, ‘यो भनेको सांसद हुदाँहुदै गैरसांसदलाई मन्त्री बनाउने अराजनैतिक कदम हो । त्यो पनि पुन एकचोटि कलाविहीन नाटक प्रहसनको दुस्साहास गरिएको छ । हेक्का रहोस यहाँ कुन व्यक्ति आउँदैछ भनेर जनताबाट मन्त्री बन्ने व्यक्तिको विरोध गर्न खोजेको पटक्कै होइन । तर, राजनैतिक जिन्दगीमा अनेक पापड मोलेर जनताको मन जितेर आएका सांसदलाई धोबीको कुकुर जस्तो घरको न घाटको जस्तो बनाएर जेसिबीले हयाङ्गर लगाएर ताने जस्तोगरी जनताबाट एकै चोटी मन्त्रीमा ल्याउने कुराले अहिले निर्णय गर्ने महाशयहरूलाई जंगे बोल्यो बोल्यो, जंगेपछि फर्कदैन भनेर आफूलाई जंगबहादुर नैं ठाने पनि प्रकारान्तरले निम्न दुष्परिणामरु भोग्नु पर्ने निश्चित प्राय: छ ।’
 

images
प्रकाशित मिति :माघ २२, २०७८ शनिवार - १४:३४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology