Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्युठानबाट बेहुली लिएर फर्कदै गरेको जीप दुर्घटनामा ८ जनाको मृत्यु, मृतक मध्य ५ को पहिचान खुल्यो

प्युठानबाट बेहुली लिएर फर्कदै गरेको जीप दुर्घटनामा ८ जनाको मृत्यु, मृतक मध्य ५ को पहिचान खुल्यो

इच्छाकामना न्युज

२२, माघ २०७८
प्युठानबाट बेहुली लिएर फर्कदै गरेको जीप दुर्घटनामा ८ जनाको मृत्यु, मृतक मध्य ५ को पहिचान खुल्यो
images

प्युठान, २२ माघ । प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या ८  पुगेकाे छ ।

images
images

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाकाे घटनास्थल र दुई जनाकाे विजुवार जिल्ला अस्पतालमा उपचारकाे क्रममा ज्यान गएकाे हाे ।

मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षिय खिमबहादुर खत्री, ५० वर्षीय नन्दि खड्काकाे ज्यान गएकाे हाे । अन्यको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेकाे छ । 

images
प्रकाशित मिति :माघ २२, २०७८ शनिवार - ०९:०९:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology