Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज विश्व क्यान्सर दिवस मनाइँदै 

आज विश्व क्यान्सर दिवस मनाइँदै 

images

इच्छाकामना न्युज

२१, माघ २०७८
आज विश्व क्यान्सर दिवस मनाइँदै 
images

काठमाण्डौ, २१ माघ । ‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरार्’ैं भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस नेपालमा पनि मनाइँदै छ । युनियन फर इन्टरनेसनल क्यान्सर कन्ट्रोल (युआइसीसी) ले हरेक फेब्रुअरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा नेपालमा पनि क्यान्सरको क्षेत्रमा सक्रिय अस्पताल तथा सङ्घसंस्थाले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दैछन् । 

पछिल्लो समय क्यान्सर पहिचान र उपचारमा नागरिकको पहुँच बढ्दै गएको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा मदन पियाले बताउनुभयो । सरकारले दिने सहुलियतका कारण पनि क्यान्सरको उपचारमा जनताको पहुँच बढ्न थालेको उहाँकोे भनाइ छ । सुरुवाती अवस्थामा पहिचान गरेर उपचार गरेमा महिलाको स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर र पाठेघरको क्यान्सर निको पार्न सकिने डा. पियाको भनाइ छ । 

अन्य क्यान्सर पनि सुरुको चरणमै पत्ता लागेर उपचार गर्दा निको हुने सम्भावना ९५ प्रतिशतसम्म रहने र अन्तिम अवस्थाको क्यान्सर छ भने ४–५ वर्षको हिसाबमा १२–१३ प्रतिशत निको हुने सम्भावना हुने चिकित्सकहरूको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा ३२ हजार क्यान्सरका बिरामी छन् । नेपालका स्वास्थ्य संस्थाले भने करिव ५० देखि ६० हजार क्यान्सरका बिरामी रहेको बताउँदै आएका छन् । 

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - ०९:५७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology