Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज र भोलि मौसम प्रतिकुल रहने, पर्सिदेखि खुल्दै जाने पूर्वानुमान 

आज र भोलि मौसम प्रतिकुल रहने, पर्सिदेखि खुल्दै जाने पूर्वानुमान 

images

इच्छाकामना न्युज

२१, माघ २०७८
आज र भोलि मौसम प्रतिकुल रहने, पर्सिदेखि खुल्दै जाने पूर्वानुमान 
images

चितवन, २१ माघ । पश्चिमी वायुको प्रभावका कारण आजदेखि पर्सिसम्म मुलुकभरको मौसम प्रतिकुल रहने भएको छ । गत बुधबार राति नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा बढी प्रभाव देखिने भएको छ । मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद राजु प्रधानाङ्गले सीआईएनसँग कुराकानी गर्दै आइतवारदेखि मौसम खुल्दै जाने बताउनुभयो । हिजो साँझदेखि नै देशका अधिकांश ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको प्रधानाङ्गले जानकारी दिनुभयो ।

जुम्ला, बैतडी, डडेलधुरा लगायतका जिल्लामा हिमपात भएको त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन् । काठमाडौँ उपत्यकामा हिजो साँझदेखि आज बिहानसम्म पनि हल्का वर्षा भएको छ । महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चटयाङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - ०९:५४:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology