Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

युक्रेन तनावः अमेरिकाले युरोपमा थप सेना पठाउँदै

युक्रेन तनावः अमेरिकाले युरोपमा थप सेना पठाउँदै

एजेन्सी

२०, माघ २०७८
युक्रेन तनावः अमेरिकाले युरोपमा थप सेना पठाउँदै
images

अमेरिकाले यसै साता युरोपमा थप सेना पठाउने भएको छ । युक्रेनमा रसियाको सम्भावित अतिक्रमणको तनावबीच राष्ट्रपति बाइडेनले युरोपमा थप सुरक्षाकर्मी पठाउने भएका हुन् ।

images
images

अमेरिकाले पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो । त्यस्तै, जर्मनीमा यसअघि नै तैनाथ एक हजार सुरक्षाकर्मी रोमानियामा जाने भएका छन् ।

अमेरिकी परिचालनलाई रुसले विनाशकारी भनेको छ ।

रसियाले युक्रेन अतिक्रमणको योजनामा गरेको अमेरिकालगायत पश्चिमेली देशहरुले आरोप लगाउँदै आएका छन् । तर, मस्कोले सो आरोप अस्वीकार गर्दै आएको छ । रुसले युक्रेनसँगको सीमामा यसअघि नै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।  

आठ वर्षअघि रुसले युक्रेनको महत्वपूर्ण क्षेत्र क्रिमियालाई आफ्नो भूभागमा बिलय गराउन सफल भएको थियो । 

युक्रेनले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा शान्ति कायम गर्ने बारे भएको अन्तर्राष्ट्रिय सम्झौता पालना नगरेको रसियाले आरोप लगाउँदै आएको छ । दोनबासमा रसिया समर्थित विद्रोहीले ठूलो भूभाग नियन्त्रणमा लिएका छन् ।

विद्रोही र युक्रेनका सुरक्षाकर्मीबीच सन् २०१४ देखि भएको युद्धमा कम्तिमा १४ हजार जनाको ज्यान गएको छ ।

images
प्रकाशित मिति :माघ २०, २०७८ बिहिवार - ०८:४४:३० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology