Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

क्षेत्रीय विचारको जगमा राजनीतिक दल गठन गर्नेक्रम रोकिएन

क्षेत्रीय विचारको जगमा राजनीतिक दल गठन गर्नेक्रम रोकिएन

images

सिआईएन

१९, माघ २०७८
क्षेत्रीय विचारको जगमा राजनीतिक दल गठन गर्नेक्रम रोकिएन
images

स्नेहा कर्ण, काठमाडौं, १९ माघ । नेपालमा क्षेत्रीय विचारको जगमा राजनीतिक दल गठन गर्नेक्रम रोकिएको छैन । निश्चित भूगोल, विषय वा क्षेत्रका लागि भनेर खुल्ने दलहरू भविष्यमा भने राष्ट्रिय रूपमा स्थापित हुने महत्वाकाङ्क्षा राख्छन् । विशेष गरी मधेसका नागरिकका लागि भनेर स्थापना भएका राजनीतिक दलहरूले भने कार्यकर्ता, त्यस क्षेत्रका नागरिकको अपेक्षा पूरा नगरेको गुनासो सुनिन्छ । 

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर २१ महिनाअघि जनता समाजवादी पार्टी गठन भयो । पार्टीबाट महन्थ ठाकुर लगायतका नेता बाहिरिएपछि कार्यकर्ता मात्रै होइन, जिल्ला तहका नेता पनि मनोबल कमजोर भएको ठान्छन् । पार्टी गठन भएको २१ महिना बितिसक्दा पनि नेतृत्वले पूर्णता पाउन सकेको छैन । त्योसँगै राष्ट्रिय सम्मेलनको माग पनि जिल्ला तहका नेताको छ । 

जसपाकै नेता चिनक कुर्मी भने पार्टी महाधिवेशन वा राष्ट्रिय सम्मेलनलाई चर्चामा आउने आधार मात्र ठान्नुहुन्छ । पार्टीको विधानमा ५ वर्षमा महाधिवेशनबाट वा कार्यकारीणी समितिको बैठकबाट पदाधिकारी चयन गर्ने व्यवस्था जसपाको विधानमा छ । तर कार्यकारी समितिले नै पूर्णता पाएको छैन । आफूहरू स्थानीय तहको चुनावपछि महाधिवेशन गर्ने तयारीमा जुटेको बताउनुहुन्छ केन्द्रीय अध्यक्ष उपेन्द्र यादव । विचार र पद नमिलेपछि पार्टी फुटाउने प्रवृति जसपामा पनि देखियो । 

जनता समाजवादी पार्टी ७ महिना अघि विभाजित भयो र नेता महन्थ ठाकुरको नृतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भयो । मधेसका नागरिकको भावनालाई समेट्न दल खोलिए पनि विधानमा लेखिए जसरी अघि बढ्न नपाउँदै पार्टी विभाजन, विवादको भूमरीमा फस्ने समस्या दोहरिँदै आएको छ । आन्तरिक किचलोका कारण उनीहरूले नागरिकको पक्षमा काम गर्न नपाएको बताउँछन् । 

images
प्रकाशित मिति :माघ १९, २०७८ बुधवार - ०९:३३:१४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology