Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति काेषकाे निर्देशन

गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति काेषकाे निर्देशन

images

इच्छाकामना न्युज

१९, माघ २०७८
गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति काेषकाे निर्देशन
images

काठमाडौ‌ं, १९ माघ । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८गाेठाटारमा रहेकाे जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएकाे छ । काेषकाे त्यहाँ रहेकाे ५३४ रोपनी जग्गा अतिक्रमणकाे चपेटामा छ । 

जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि काेषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेकाे छ ।

'केही व्यक्तिहरुले अतिक्रमण गरी छाप्रा बनाइ बस्ने गरेकाे पाइएकाले छाप्रा हटाउनेसम्बन्धी पटकपटक सूचना प्रकाशित गरिएकामा हालसम्म पनि अटेर गरी अतिक्रमण गरी बसेका व्यक्तिले छाप्रा नहटाएकाे पाइएकाले याे सूचना प्रकाशित भएकाे १५ दिनभित्र आफैले भत्काइ लैजानु हाेला,' सदस्यसचिव मिलनकुमार थापामार्फत जारी सूचनामा उल्लेख छ ।

अन्यथा काेष आफैले छाप्रा भत्काउने चेतावनी दिइएकाे छ ।

त्यहाँ रहेका टहरा २०७६ मै हटाउन खाेजिएकाे थियाे ।  त्यसका लागि ११ चैत २०७६ मा सार्वजनिक सूचना प्रकाशन भए पनि काेषले कदम चाल्न सकेकाे थिएन । 

images
प्रकाशित मिति :माघ १९, २०७८ बुधवार - ०९:१०:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology