Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सङ्घीय निजामती सेवा ऐन् नबन्दा कर्मचारी प्रशासनमा समस्या नै समस्या 

सङ्घीय निजामती सेवा ऐन् नबन्दा कर्मचारी प्रशासनमा समस्या नै समस्या 

images

सिआईएन

११, माघ २०७८
सङ्घीय निजामती सेवा ऐन् नबन्दा कर्मचारी प्रशासनमा समस्या नै समस्या 
images

उषा तामाङ, काठमाडौं, ११ माघ । सङ्घीय निजामती सेवा ऐन् नबन्दा देशभर ३५ हजार बढी कर्मचारीको पदपूर्ति हुनसकेको छैन । ३ वर्ष अघि संसदमा पेश भएको सङ्घीय निजामती सेवा विद्येयक फेरि मन्त्रालयमै फर्काइएको छ । मन्त्रालयका सचिव सुरेश अधिकारीले कर्मचारी पूर्तिका लागि सङ्घीय निजामित ऐन् संशोधनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

मन्त्रालयको तर्फबाट संशोधनको काम अन्तिम चरणमा पुगेपनि संसदमा निरन्तर अवरोध हुँदा पेश गर्न बाँकी रहेको छ । ऐन नबन्दा कर्मचारी प्रशासनमा विविध समस्या रहेपनि कर्मचारी पदपूर्ति र व्यवस्थापनको समस्या विकराल छ । कर्णालीको महावै गाउँपालिकाका उपाध्यक्ष मनराज शाहीले आफुहरूको ५ वर्षे कार्यकाल कर्मचारी अभावमै सकिन लागेको बताउनुभयो ।

गाउँपलिकाले झण्डै ५ वर्षभित्र ३ महिना मात्रै प्रमुख प्रशासकीय अधिकृत पाएपनि त्यसबाहेकका समयमा निमित्तको भरमा चलिरहेको छ । त्यसैगरि सुदूरपश्चिम प्रदेशमा २ जना सचिवसहित कुल दरबन्दिको ४० प्रतिशत पद रिक्त छ । सङ्घीय निजामित ऐन् जारी नहुँदा एक वर्षअघि स्थापना भएको प्रदेश लोकसेवा आयोगले पदपूर्तिको काम अघि बढाउन सकेको छैन ।

सुदूरपश्चिम मुख्य मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नवराज ओझाले ऐन नबन्दा थपिएका मन्त्रालयका लागि नयाँ पददर्ता गर्न नपाएको बताउनुभयो । बागमती प्रदेश सरकार र मातहतका निकायमा पनि ४० प्रतिशत कर्मचारीको अभाव छ । ४ वर्षअघि कर्मचारी समायोजन ऐन जारी भएपछि दरबन्दी मिलाउन नपाउँदै तीन तहको निर्वाचनका कारण समायोजन प्रभावित भएको थियो ।

सरकार एकलौटी ढङ्गले अघि बढ्दा अहिले यो समस्या भोग्नुपरेको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका सचिव अम्बादत्त जोशीको भनाइ छ । निर्वाचनपछि गठन भएको सरकारले करिव ७९ हजार निजामती कर्मचारीको समायोजन गरेको भने पनि ५ हजारभन्दा धेरैले गुनासो सुनुवाइको माग गर्दै आएका छन् ।  

निश्चित समय प्रदेश र स्थानीय तहमा सेवा गरेपछि कर्मचारीको बढुवा हुने, सचिव पदमा पुग्नका लागि निश्चित समय स्थानीय र प्रदेश तहमा काम गर्नुपर्ने प्रावधान संसोधन गरेर थप्न खोजिएको छ । ऐन् जारी नहुँदा कर्मचारी प्रशासन मनोमानि ढङ्गले अघि बढेको प्रशासनविद डा. भिमदेव भट्टले बताउनुभयो ।

वैदेशिक भ्रमण, अध्ययन बिदाका लागि पनि स्थानीय तहमा काम गरेकालाई प्राथमिकता दिने तयारी सरकारको छ । तर हालसम्म पनि ऐन्नहआउँदा कर्मचारी समायोजन र वृत्तिविकासका सबै काम रोकिएका छन् । 

images
प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - ०९:४६:१३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology