Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आजदेखि मौसम क्रमिक रुपमा खुल्दै जाने

आजदेखि मौसम क्रमिक रुपमा खुल्दै जाने

images

इच्छाकामना न्युज

११, माघ २०७८
आजदेखि मौसम क्रमिक रुपमा खुल्दै जाने
images

चितवन, ११ माघ । मंगलबारदेखि मौसम क्रमिक रुपमा खुल्दै जाने मौसमविद्ले बताएका छन्। तर पूर्ण रुपमा भने खुल्न अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ। मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ।

यसको प्रभावले मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ।देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिइन्। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुनेछ।

यस्तै राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ। देशको पहाडी भुभागका एकदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

 

images
प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - ०८:३३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology