Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात

नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात

images

इच्छाकामना न्युज

१०, माघ २०७८
नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात
images

काठमाडौं, १० माघ । नेपालमा एक लाख ६८ हजारभन्दा बढीले कोरोना भाइरस विरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) लगाएका छन् । काठमाडौं उपत्यकामा केही दिन लगाएर रोकिएको बुस्टर डोज अभियान उपत्यका बाहिरका केही जिल्लामा सुरु गरिएको  छ । 

सोमबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म एक लाख ६८ हजार ९६९ जनाले बुस्टर डोज लगाएका छन् । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानमा दुवै डोज लगाएका व्यक्तिलाई बुस्टर डोज लगाइएको हो । दुवै डोज लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा खटिने र अत्यावश्यकीय क्षेत्रमा कार्यरतलाई बुस्टर डोज लगाइएको हो । 

एक करोड खोप मौज्दात

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप ल्याएको छ । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानदेखि हालसम्म दुई करोड ९४ लाख २४ हजार ७५६ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

जसमध्ये एक करोड ६२ लाख ८९ हजार ४२५ जनाले पहिलो डोज लगाएका छन् भन एक करोड २९ लाख ६६ हजार ३६२ जनाले पूर्णमात्रा अर्थात दुई डोज लगाएका मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

१८ वर्षभन्दा माथिका लक्षित जनसंख्याको आधारमा ८१ दशमलव आठ प्रतिशतले पहिलो डोज र ६५ दशमलव एक प्रतिशतले पूर्णमात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । 

देशभर खोप अभियान जारी रहेको मन्त्रालयले जनाएको छ । खोप नलगाएकाहरूलाई लगाउन सरकारले बारम्बार अनुरोध गर्दै आएको छ । 

images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - १७:३०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology