Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बैतडीका ३२ हजार बढी घरधुरी विद्युत सेवाको पहुँचभन्दा बाहिर

बैतडीका ३२ हजार बढी घरधुरी विद्युत सेवाको पहुँचभन्दा बाहिर

images

सिआईएन

१०, माघ २०७८
बैतडीका ३२ हजार बढी घरधुरी विद्युत सेवाको पहुँचभन्दा बाहिर
images

डम्बरबाबु बोहरा, बैतडी, १० माघ । विद्युत विस्तारमा तीनै तहका सरकारले चासो नदेखाउँदा पहाडी क्षेत्रका अधिकांश मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । बैतडीका ३२ हजार बढी घरधुरी विद्युत सेवाको पहुँच भन्दा बाहिर छन् ।

मेलौली नगरपालिका ८ का स्थानियवासीले पारीपट्टी अर्थात् डडेल्धुराको भागेश्वर र अजयमेरुका गाउँमा बलेको बिजुली हेर्दै रात कटाउन बाध्य भएको बताएका छन् । विद्युत बिस्तारका लागि आफुहरुले पटक पटक माग गर्दा पनि स्थानीय तहबाट सुनुवाई नभएको मेलौली नगरपालिका २ गैरीटोलका मदनसिंह बिष्टले बताउनुभयो ।

जिल्लामा ३२ हजार बढी घरधुरीमा विजुली बलेको छैन । विजुली नहुँदा अहिले पनि सोलार, टुकी बत्ति, दियालो बाल्न बाध्य भएको डिलाशैनी ६ कासुरेश श्रेष्ठले बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधी भनेविद्युत विस्तारका लागि पहल गरिरहेको बताउँछन् ।

आफ्नो वडाका नागरीकले अबको १ वर्षमा विजुली बाल्न पाउने मेलौली नगरपालिका वडा ९ का वडा अध्यक्ष नारद दत्त भट्टको भनाई छ ।बैतडीमा ४७ हजार ९ सय ३० घरधुरी रहेकोमा १४ हजार ९ सय ७२ घरधुरीमा मात्रै विजुली बलेको छ ।

images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - ०९:१८:०३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology