Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

टेकु अस्पतालमा एक साताका लागि खोप अभियान स्थगित

टेकु अस्पतालमा एक साताका लागि खोप अभियान स्थगित

images

सिआईएन

१०, माघ २०७८
टेकु अस्पतालमा एक साताका लागि खोप अभियान स्थगित
images

काठमाण्डौ, १० माघ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम बन्द गरेको छ । अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि खोप सेवा बन्द गरिएको हो । अस्पतालले सूचना जारी गर्दै माघ १६ गतेसम्मका लागि खोप कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ । 

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रतिष्ठानले तेस्रो लहरको तयारीका क्रममा लक्षण देखिएका व्यक्तिहरूलाई कोरोना परीक्षण गर्ने अवस्थामा ३० जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको हो । 

काठमाडौंका वीर, टिचिङ, पाटन लगाएत सबै अस्पतालका स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा उपचारमा नै समस्या भएको छ भने देशभरका सबैजसो स्वास्थ्य संस्थामा यो समस्या देखिएको छ । स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा परेको प्रभाव कम गर्न काम गरिरहेको स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङ्ले सीआईएनसँगको कुराकानीमा बताउनुभयो । 

images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - ०९:१२:५९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology