Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कोरोनाका कारण त्रिविको परीक्षा स्थगित

कोरोनाका कारण त्रिविको परीक्षा स्थगित

images
कोरोनाका कारण त्रिविको परीक्षा स्थगित
images

काठमाडौं, ६ माघ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । त्रिविको बिहीबार बसेको बैठकले ९ माघ आइतबारदेखि अर्काे सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । 

विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई नै कोरोना संक्रमण भएकाले ९ माघदेखि अर्काे सूचना जारी नभएसम्मका लागि त्रिविले सञ्चालन गरेका वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति :

त्रिभुवन विश्वविद्यालय अन्तर्गत हाल संचालन भईरहेका अधिकांश परीक्षाहरु सम्पन्न भईसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र संचालनको पूर्व तयारी अवस्थामा रहेको र विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियण्टको तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रि.वि केन्द्रीय परीक्षा संचालक समितिको मिति २०७८।१०।६ गते बसेको बैठकबाट हाल त्रि.वि द्वारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु यही मिति २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

tu.png-1.png
 

 

images
प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - १८:४६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology