Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

स्थानिय तह निर्वाचन: १४ बैशाखमा नसके २२ बैशाखमा गर्न आयोग प्रस्ताव जाँदै

स्थानिय तह निर्वाचन: १४ बैशाखमा नसके २२ बैशाखमा गर्न आयोग प्रस्ताव जाँदै

images
स्थानिय तह निर्वाचन: १४ बैशाखमा नसके २२ बैशाखमा गर्न आयोग प्रस्ताव जाँदै
images

काठमाडौं, ६ माघ । निर्वाचन आयोगले बैशाख २२ र २८ गतेको मिति तय गर्दै स्थानिय तहका निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाका अनुसार यसअघि दिईएको बैशाख १४ र २२ मा स्थानिय तहको निर्वाचन गराउन सरकारले नसकेमा दोस्रो विकल्पको रुपमा २२ र २८ बैशाखको  मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।

गत ९ पुसमा सरकारलाई सुझाव दिदैँ आयोगले एकै चरणमा भए वैशाख १४ मा निर्वाचन गर्न र दुई चरणमा गर्ने भएमा २२ बैशाख उपयुक्त हुने धारणा राखेको थियो । ‘हामीले जेठ ५ गते स्थानिय तहको अन्तिम म्याद रहने र म्याद थप गर्ने संवैधानिक व्यवस्था नभएकाले सो मिति भित्रै निर्वाचन गराउन सुझाव दिईसकेका छौं,’ थपलियाले सञ्चारकर्मीसँग भने, ‘माघ पहिलो साता नै मिति तय गरेको खण्डमा आयोगले निर्वाचनको तयारी गर्नसक्नेछ भन्ने बिषयमा पनि ध्यानाकषर्ण गराईसकेका छौं ।’

उनका अनुसार बैशाख २२ मा एकै चरणमा गर्न नसके सरकारका लागि २७ र २८ बैशाखको मिति प्रस्ताव गर्न लागिएको हो ।

images
प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - ०९:३८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology