Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

२०७९ सालको दशैं असोज १९ मा, गाई तिहारको दिन सूर्यग्रहण

२०७९ सालको दशैं असोज १९ मा, गाई तिहारको दिन सूर्यग्रहण

images
२०७९ सालको दशैं असोज १९ मा, गाई तिहारको दिन सूर्यग्रहण
images

काठमाडौं, ४ माघ । नेपाल पञ्चाङग निर्णायक समितिले आगामी वर्ष २०७९को पात्रो तयार पारेको छ । माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिएको छ । समितिले तयार पारेको पात्रो्अनुसार दसैंको टीका असोज १९मा परेको छ भने मध्ये तिहारमा चन्द्रग्रहण लाग्ने जानकारी दिइएको छ । 

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार भदौ २६ गते सोह्रश्राद्ध सुरु भई असोज ९ गते सकिने छ । 

असोज १० गते घटस्थापना परेको छ भने १६ गते फूलपाती परेको छ । १७ गते महाअष्टमी, १८ गते महानवमी परेको छ टीका असोज १९ गते परेको छ भने असोज २३ मा कोजाग्रत पूर्णिमा परेको छ । 

कात्तिक १० गते भाइटीका परेको छ । कात्तिक ६ गते कागतिहार छ भने कात्तिक ७ गते कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । कात्तिक ८ गते गाईतिहारको दिन सूर्यग्रहण परेको छ । त्यसदिन ग्रहणले ढाकिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमितिसहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृतिसमेत दिइसकेको छ । विक्रमसम्मत २०७९मा अधिकमास अर्थात् मलमास परेको छैन । त्यसैले मुख्य चाडहरु अगाडि सरेका छन् । 

कात्तिक ९ गते गोबद्र्धनपूजा र  म्हपूजा परेको छ ।

वैशाखे पूर्णिमा, बुद्धजयन्ती तथा उभौली पर्व जेठ २ गते परेको छ । शिव र पार्वतीको विवाह भएको दिन अक्षय तृतिया वैशाख २० मा परेको छ । 

असार २६ मा हरिशयनी एकादशी परेको छ भने असार २९मा गुरु पूर्णिमा परेको छ । नागपञ्चमी साउन १७ मा परेको छ भने साउन  २७ मा जनै पूर्णिमा परेको छ । तिथिका कारण गाइजात्रा पनि त्यही दिन परेको छ । 

भदौ ३ गते कृष्ण जन्माष्टमी परेको छ भने भदौ ११ मा बाबुको मुख हेर्ने दिन अर्थात् कुशे औंसी परेको छ । तीज भदौ १४ मा परेको छ भने इन्द्रजात्रा भदौ २४मा परेको छ । गौरापर्व भदौ १८ मा परेको छ । 

छठ पर्व कात्तिकमा परेको छ भने कात्तिक १८ मा हरिबोधनी अर्थात् ठूली एकादशी परेको छ । 

२२ गते खग्रास चन्द्रग्रहण परेको छ । साँझमै सुरु हुने ग्रहणमा चन्द्रमा पूरै ढाकिने छ । कालै चन्द्रमा उदाउने हुँदा देख्न नै मुस्किल हुने छ । कात्तिक ८मा सूर्यग्रहण र कात्तिक २२मा चन्द्रग्रहण हुँदा एउटै महिनामा दुइपटक ग्रहण लाग्ने पञ्चांग निर्णायक समितिले जनाएको छ । 

मंसिर १२ मा विवाह पञ्चमी परेको छ । विवाह पञ्चमीमा विवाह गर्न चाहनेले साइत हेराउनुनपर्ने मान्यता रहिआएको छ ।

समितिका अनुसार २०७९ मा ५० भन्दा बढी विहेका लगन रहेका छन् । ढुंगेलका अनुसार वैशाख र जेठमा विहेका लगन बढी छन् । बाह्रखरीबाट

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - २१:२५:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology