Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लायन्स क्लबद्वारा  विद्यालयलाई ७ लाख बराबरको आर्थिक सहयोग

लायन्स क्लबद्वारा  विद्यालयलाई ७ लाख बराबरको आर्थिक सहयोग

images

इच्छाकामना न्युज

३०, पौष २०७८
लायन्स क्लबद्वारा  विद्यालयलाई ७ लाख बराबरको आर्थिक सहयोग
images

गैडाकोट, ३० पुस । लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी, २ नेपालको एरिया नम्बर ३ अन्तरगत रहेका चार वटा क्लव लायन्स क्लव अफ चितवन चौतारी, लायन्स क्लव अफ चितवन समृद्धि, लायन्स क्लव अफ चितवन स्पन्दन र लायन्स क्लव अफ गैंडाकोट उत्कृष्टले आर्थिक सहयोग गरेका छन् । 

शुक्रवार नवलपुरको  गैंडाकोट नगरपालिका वडा नम्बर ३ ताते्रवास विन्दापुरमा रहेको पन्चकन्या आधारभूत  विद्यालयलाई ती संस्थाले सात लाख बराबरको आर्थिक सहयोग गरेका हुन् ।  क्लबद्वारा निर्माण गरिएको एक कोठे भवनको आज एक कार्यक्रमका बीच अनावरण गरिएको छ । सो कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख छत्र राज पौडेल, विशिष्ठ अतिथि लायन्स क्लव अन्तराट्रिय डिस्ट्रिक्ट ३२५ बी,२ नेपालका डिस्ट्रिक्ट गर्भनर पिएमजेएफ  लायन राम प्रसाद भट्ट , नायक पल शाह लगायतले संयुक्त रुपमा अनावरण गर्नुभएको हो ।

271595561_1058832311604008_1065226534249629491_n.jpg

चार वटा लायन्स क्लवहरुको सयुंक्त आर्थिक सहयोगमा विद्यालयको एक कोठे भवन निर्माण, जीर्ण अवस्थामा रहेका विद्यालयको भौतिक संरचनाको पुर्ननिर्माण लगायतका लागि लायन्स क्लवले करिब सातलाख आर्थिक सहयोग गरेको लायन्स क्लव अफ चितवन चौतारीका अध्यक्ष एमजेएफ लायन डा। गंगा सापकोटाले जानकारी दिनुभयो  ।  सो अवसरमा  विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई तीसहजार रकम बराबरको जाडोका लागि  स्वेटर र शैक्षिक सामाग्री  वितरण गरिएको थियो । 

लायन डा. सापकोटाले यी लायन्स क्लबहरु मार्फत यसै वर्ष विद्यालयमा साठी हजार लगानीमा आधुनिक खानेपानी ट्यांकीको  व्यवस्थापन,  खेलमैदान लगायतका पूर्वाधार सम्पन्न गर्ने गरी विद्यालय व्यवस्थापन समिति र स्थानीय निकाय संग सहकार्य भएको र डिस्ट्रिक्ट ३२५ बी,२ नेपालको लायन्स भिलेज प्रोजेक्ट अनुसार यस विद्यालयमा नै संस्थाका सबै कार्यक्रमहरु संचालन गर्ने बताउनु भयो । 

कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख पौडेल सहित नायक पल शाह डिस्ट्रिक्ट गर्भनर पिएमजेएफ  लायन राम प्रसाद भट्ट लगायतले मन्तव्य राख्नुभएको थियो । 

271582506_269145071952433_3074932244240055395_n.jpg

सो कार्यक्रममा लायन्स क्लव अन्तराट्रिय डिस्ट्रिक्ट ३२५ बी,२ नेपालका सिनियर लिडर, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी साथै अन्य संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । लायन पूर्ण शर्माले संचालन गर्नुभएको कार्यक्रममा लायन किरण के सी ले स्वागत मन्तव्य राख्नुभएको थियो  भने कार्यक्रम लायन्स क्लव अफ चितवन चौतारीका अध्यक्ष एमजेएफ लायन डा. गंगा सापकोटाको अध्यक्ष्यतामा सम्पन्न भएको हो ।

वि.स. २०४६ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १ देखि ५ सम्म  जनजाती दलित, केही ब्राह्मर्ण समुदायका गरी छात्र १७ र छात्र १८ गरि जम्मा ३५ जना विद्यार्थी  अध्ययनरत  रहेको विद्यालयकी प्राचार्य राधिका भण्डारी घिमिरेले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - २१:३३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology