Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज पुस मसान्त, थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

आज पुस मसान्त, थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

न्युज कारखाना

३०, पौष २०७८
आज पुस मसान्त, थाहा पाउनुहाेस् तपाईंकाे राशिफल
images

 ३० पुस २०७८, तदनुसार १४ जनवरी २०२२ शुक्रबार । पौषशुक्लपक्ष दशमी तिथि, बब करण, रोहिणी नक्षत्र, शुक्ल योग, चन्द्रमा वृष राशिमा छ । आज सूर्योदय बिहान ६ः५८ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा ।

images
images

आज बिहान १०ः५४ देखि १२ः१३ सम्म राहुकाल रहेको छ । राहुकाल रहेको समयमा शुभकार्य नगर्नुहोला । त्यसैगरी ११ः५२ देखि १२ः३४ को समयमा अभिजित मुर्हूत पनि शुरु हुनेछ । आजको देवता पार्वती र ग्रहदेव चन्द्र रहेको छ ।

शुक्रबार यात्रा र मनोरन्जनात्मक कार्यका लागि शुभ बार मानिन्छ । तर, आज मसान्त भएकाले नेपाली चलनअनुसार मसान्त अर्थात् महिनाको अन्तिम दिन यात्राको लागि उपयुक्त मानिदैन ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन तपाईंलाई नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयमा यात्रा गर्दा मनमा खुसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन व्यापारमा लाभ  हुनेछ । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । अनावश्यक विवाद र परिवारका सदस्यबीच प्रगाढ सम्बन्ध विस्तार हुनेछ । चन्द्रमाको साथ रहेको छ । सोचअनुसार काम हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज तपाईंलाई मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउन सक्छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै बेस हुनेछ।आजको दिन देवीको मन्दिर दर्शनका लागि जानुहोला ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आर्थिक र सामाजिक समस्याले  मनमा अनेकखालका समस्या आउनसक्छ । कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ । अध्ययन अध्यापनमा ध्यान दिनुहोला । मौन रहनु उत्तम बाटो हो ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : परिवार र मित्रमण्डलीबाट आजको दिन साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा  यात्रा गर्नुहोला। परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछन् । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ । कुनै देवालयको यात्रा फलदायी हुनेछ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईकै कारण आफन्तसँग विवाद हुन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आज आम्दानीको  धनीराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने कार्यमा सफलता मिल्नेछ । सामाजिक सेवामा मन लगाउनु होला ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजकाे दिन शुभ रहेको छ ।  त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : विगतमा तपाईंले गरेको कामबाट आज मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईंलाई मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ । सकारात्मक सोच र अध्यात्मयात्राले तपाईको मनमा उर्जा थपिने छ ।  

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ आफ्नो कामको मूल्याकन गर्नुहोला । आज गरिएको कार्यायोजनाले तपाईलाई सफलता प्राप्त हुनेछ ।  

 

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - ०९:३१:१२ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology