Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

यूएईमा ओभरस्टे बापतको जरिवानाबाट बच्न निःशुल्क भिसा नवीकरण गर्नुहोस्

यूएईमा ओभरस्टे बापतको जरिवानाबाट बच्न निःशुल्क भिसा नवीकरण गर्नुहोस्

एजेन्सी

१५, आश्विन २०७७
यूएईमा ओभरस्टे बापतको जरिवानाबाट बच्न निःशुल्क भिसा नवीकरण गर्नुहोस्
images

काठमाण्डौ – तपाईँ यूएईमा बसोबास गर्नुहुन्छ र मार्च १ पछि तपाईँको भिसाको अवधि सकिएको छ भने स्वदेश फर्कनुअघि आफ्नो भिसा नवीकरण गर्नुहोस् ।

images
images
कुनै समस्या बिना नै स्वदेश फर्कनका लागि आफनो भिसा नवीकरण गर्न अनुरोध गरिएको छ । गएको मार्च १ देखि जुलाई १२ सम्म भिसाको अवधि सकिएकाले अझै १० दिन अर्थात अक्टोबर १० सम्म बिना शुल्क भिसा र बसोबासको अनुमति नवीकरण गर्न सक्नेछन् ।

यूएईभरी रहेका आप्रवासी श्रमिक जसको भिसाको अवधि सकिएको छ, उनीहरुले यो दश दिनको अवधिमा आफ्नो भिसा नवीकरण गरेमा लाग्ने ओभरस्टे बापतको जरिवानाबाट बच्न सक्ने यूएईले जनाएको छ । यस्तै जुलाई १२ भन्दा पछि भिसाको अवधि सकिएकाले पनि अबको एक महिनाभित्र भिसा नवीकरण गर्न सक्नेछन् ।

यूएईले दिएको ग्रेस समय अनुसार अबको एक महिनाभित्र कुनै जरिवाना बिना नै जुलाई १२ पछि भिसाको अवधि सकिनेले नवीकरण गर्न सक्नेछन् । बिना शुल्क भिसा नवीकरण गरेमा स्वदेश फर्कंदा ओभरस्टे बापतको जरिवाना तिर्नु पर्ने छैन ।

मार्च १ अघिदेखि अबैधानिक रुपमा बसेकाको हकमा मार्च १ भन्दा अघि नै भिसाको अवधि सकिएकाहरुले भने कुनै जरिवाना बिनै नोभेम्बर १७ भित्र यूएई छाड्न सक्नेछन् । मार्च एकभन्दा अघि नै भिसा (भिजिट, टुरिष्ट लगायत)को अवधि सकिएकाले नोभेम्बर १७ भित्र यूएई छाड्न सक्ने यूएईले जनाएको छ ।

यूएईले ओभरस्टे बापतको जरिवानाबाट बच्न तोकिएको अवधिभित्रै स्वदेश फर्कने योजना बनाउन पनि अनुरोध गरेको खबर गल्फ न्युजले लेखेको छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०९:४०:०५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology