Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

७७ वर्षीया वृद्धा बलात्कारको घटनामा वडासदस्य, शिक्षकसहित पाँच पक्राउ

७७ वर्षीया वृद्धा बलात्कारको घटनामा वडासदस्य, शिक्षकसहित पाँच पक्राउ

इच्छाकामना न्युज

२५, पौष २०७८
७७ वर्षीया वृद्धा बलात्कारको घटनामा वडासदस्य, शिक्षकसहित पाँच पक्राउ
images

काठमाडौं, २५ पुस । ७७ वर्षीया एक वृद्धा बलात्कारको घटना आपसी मिलापत्रमा गुपचुप राख्न खोज्ने वडा सदस्यसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिक्षक, पूर्व कर्मचारी तथा वडा सदस्यहरू छन् ।

images
images

घोडाघोडी ४ का पूर्व वडासचिव ५३ वर्षीय यज्ञराज आचार्य, वडा सदस्य ५४ वर्षीय लक्ष्मीरुद्र न्यौपाने, वर्ष ५३ का शिक्षक होमप्रसाद सुबेदी , वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।

मंसिर १५ गते सोही ठाउँकी बृद्धालाई वर्ष ३० का सुवेदीले बलात्कार गरेको प्रहरीको भनाइ छ । घटना बाहिरिने डरले पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेको र पुरै रकम नपाएपछि घटना बाहिर आएको डिएसपी जोशीले बताए ।

‘३ लाखमध्ये १ लाख नदिँदा करिब एक महिनापछि घटना बाहिर आएको हो,’ उनले भने, ‘हामी हामीले घटनामा जोडिएका सबैलाई पक्राउ गरिरहेका छौं ।’

मंसिर १५ गते घटना भएपछि पुस १२ गते मात्रै इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता भएको थियो । बलात्कार गर्ने सुबेदीलाई जबरजस्ती करणी मुद्दामा र अन्य लाई घटना लुकाएको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको कैलाली प्रहरीको भनाइ छ ।

 

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २१:३४:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology