Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

२५ जना भन्दा धेरै भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस

२५ जना भन्दा धेरै भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस

images

इच्छाकामना न्युज

२५, पौष २०७८
२५ जना भन्दा धेरै भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस
images

काठमाडौं, २५ पुस । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले  सार्वजनिक स्थलमा २५ जना भन्दा धरै भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने भएको छ । 

आइबार बसेको सिसिएमसीको बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने  छ ।

सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै बैठकले विद्यालयहरूमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २०:४३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology