Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

थ्री स्टारको अपराजित यात्रा छैटौँ खेलसम्म, शेर्पा पराजित

थ्री स्टारको अपराजित यात्रा छैटौँ खेलसम्म, शेर्पा पराजित

images

इच्छाकामना न्युज

२५, पौष २०७८
थ्री स्टारको अपराजित यात्रा छैटौँ खेलसम्म, शेर्पा पराजित
images

काठमाडौं, २५ पुस । हिमालयन शेर्पा क्लबमाथि २-० को जितसहित थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रा छैटौं खेलसम्म पुर्याएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न एक मात्रै खेलमा थ्री स्टारलाई जिताउन रितिक कुमार खड्का र घानिफो अन्सुमानाले गोल गरे । 

५७ औं मिनेटमा थ्री स्टारका ऋतिक कुमार खड्काको प्रहार क्लियर गर्ने क्रममा अमृत श्रेष्ठको प्रहार आफ्नै गोलपोस्टको दिशा लिएपछि रेफ्रीले रितिकको गोल मान्यता दिए । ९० मिनेटपछि १० मिनेटको इन्जुरी समयमा बिदेशी खेलाडी घानिफोले लाकेन लिम्बूको पास सदुपयोग गर्दै विजयी गोल गरे । 

जितपछी थ्री स्टार आठ खेलमा १३ अंकसहित पाँचौ स्थानमा उक्लिदा समान खेलमा ११ अंक बटुलेको हिमालयन शेर्पा छैटौं स्थानमा झरेको छ ।  तेस्रो चरणमा सातदोबाटो युथसंग अप्रत्याशित नतिजापछी लगातार चार खेल बराबरी खेलेको थ्री स्टार सातौ चरणमा जावालाखेल युथ क्लबमाथिको जितसहित लयमा फर्किएको थियो । थ्री स्टारको यो लगातार दोस्रो जित हो ।

पछिल्लो तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको हिमालयन शेर्पा भने चौथो खेलमा भने पराजित भयो । खेलमा दुबै टोलीले औषत प्रदर्शन संगै उतिकै अवसर बनाए । 

यसअघि १९औं मिनेटमा निशान खड्कको क्रसमा आयुस घलानको हेड गोलपोस्ट नजिकैबाट बाहिरिदा थ्री स्टारले अग्रता लिने अवसर गुमायो । ३०औं मिनेटमा हेमन्त थापा मगरको कर्नरमा मिडफिल्डर राफेल रिमले गरेको हेडर क्रसबारमा लागेर फकिएको थियो ।

त्यसको पाँच मिनेटपछि संजोक राईको पासमा घनिफो अंशुमाना कोम्हको प्रहार गोलपोस्ट माथिबाट बाहिरिएको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पूर्णबहादुर गुरुङको प्रहार क्रसबारमा लागेर फर्कदा हिमालयन शेर्पाले खेलमा अघि बढ्ने अवसर खेर फालेको थियो । 

७३औं मिनेटमा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । हिमालयनका मुतम्बा पिस्टोनीले गरेको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले सहजै नियन्त्रणमा लिएका थिए  ।

८३औं मिनेटमा हिमालयनका विजय श्रेष्ठको पासमा जीवन गुरुङको प्रहार प्रिसोले विफल पारेका थिए । सोमबार लिगमा एक खेल हुनेछ ।

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २०:४०:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology