Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मानव अधिकार आयोगको टोलीलाई दुर्व्यवहार गरेको भन्दै गाउँपालिका अध्यक्षविरुद्ध उजुरी

मानव अधिकार आयोगको टोलीलाई दुर्व्यवहार गरेको भन्दै गाउँपालिका अध्यक्षविरुद्ध उजुरी

इच्छाकामना न्युज

२५, पौष २०७८
मानव अधिकार आयोगको टोलीलाई दुर्व्यवहार गरेको भन्दै गाउँपालिका अध्यक्षविरुद्ध उजुरी
images

खोटाङ, २५ पुस । खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगको उजुरी परेको छ ।

images
images

मानव अधिकार उल्लंघनको अवस्थाको अनुसन्धान एवं अल्पसंख्यकको मानव अधिकारको अवस्थाको विषयमा अनुगमनका लागि बराहपोखरी गाउँपालिका पुगेको बेला दुर्व्यवहार गरेको भन्दै अध्यक्ष बञ्जराविरुद्ध राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले प्रहरीमा उजुरी दिएको हो । 

शनिबार बिहान गाउँपालिका अध्यक्षको घरमा पुग्दा मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको अध्यक्ष बञ्जराले आयोगको टोलीलाई गालीगलौज, दुर्व्यवहार गर्दै अश्लील शब्दको प्रयोग गरेपछि प्रहरी चौकी हुक्नाजोर, फाक्टाङमा उजुरी परेको हो । 

राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेलाई अश्लील शब्द प्रयोग गरी कठालोमा समाएर दुर्व्यवहार गरेको भन्दै आयोगले गाउँपालिका अध्यक्षमाथि आवश्यक कारबाही गरी यस्ता घट्ना दोहोरिन नदिने अवस्था सिर्जना गर्न प्रहरीसमक्ष अनुरोध गरेको छ । 

खोटाङका डीएसपी उमेश लम्सालले गाउँपालिका अध्यक्षविरुद्ध प्रहरीचौकीमा निवेदन परेको बताए । उनकाअनुसार घटनाको विषयमा विस्तृत जानकारी लिने काम भइरहेको छ ।

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - ११:०५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology