Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखा पालुङटारका कुमालको शव हिलोमा टाउको गाडीएको अवस्थामा भेटियो

गोरखा पालुङटारका कुमालको शव हिलोमा टाउको गाडीएको अवस्थामा भेटियो

इच्छाकामना न्युज

५, मंसिर २०७७
गोरखा पालुङटारका कुमालको शव हिलोमा टाउको गाडीएको अवस्थामा भेटियो
images

गोरखा ५, मङ्सिर । गोरखाको पालुङटार नगरपालिकामा आज एक युवकको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित जोगीस्थान भन्ने ठाउँमा खेतमा युवकको शव फेला परेको इलाका प्रहरी कार्याल्य ठाँटी पोखरीका इन्चार्ज सोमदास ढकालले जानकारी दिनुभयो ।

images
images

अन्दाजी करिब ३६ बर्षका स्थानीयबासी रामबहादुर कुमाल दिउँसो करीब २ बजेतिर घर नजिकै मृत अबस्थामा भेटिएको उहाँले बताउनुभयो । ढाब खेतमा टाउको गडेर मृत्युु भएको अबस्थामा शब फेला परेको प्रहरीको भनाई छ । घटनास्थलमा मुचुल्का तयार पारेर मृतक कुमालको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको छ ।

कुमाल हिजो घरबाट ससुराली गएको र ससुरालीबाट घर नआए पछि उहाँको खोजी गर्दा आ मृत अवस्थामा फेलापरेको प्रहरी कार्यालयले जनाएको छ । ‘हिजो ससुराली गएर घर फर्किएका कुमाल घर नआएको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा स्थानियले खेतमा घोप्टो अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले भन्नुभयो ।

ससुरालीबाट फर्किएका उहाँ खेतको बाटो भएर घर आउदा चिप्लीएर लडेर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । मृत्तक कुमालको पालुङटार नगरपालिका ८ को ढोडघाँरी भन्ने स्थानको खोला छेवैको खेतमा घोप्टो अवस्थामा शव फेला परेको हो । प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरी रहेको कार्यालयले जनाएको छ ।

कुमालको दुर्घटनामा परेर मृत्यु भएको वा हत्या भएको भन्ने बारेमा खुल्न सकेको छैन । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

images
प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - २०:०२:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology