Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालमा कोरोना संक्रमण दोब्बरले बढ्यो

नेपालमा कोरोना संक्रमण दोब्बरले बढ्यो

images

इच्छाकामना न्युज

२३, पौष २०७८
नेपालमा कोरोना संक्रमण दोब्बरले बढ्यो
images

काठमाडौँ , २३ पुस । नेपालमा कोरोनाभाइरस संक्रमण दोब्बरले बढेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बिहीबारको तुलनामा शुक्रबार करिब दोब्बरले संक्रमण बढेको छ । 

मन्त्रालयले शुक्रबार अपरान्हमा दिएको जानकारीअनुसार   पछिल्लो २४  घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बिहीबार बिहीबार ५४० जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयको विवरणमा उल्लेख छ । 

गत बुधबार ४३५ जनामा कोरोना संक्रमण हुँदा बिहीबार ५४० जनामा कोरोना पोजेटिभ देखिएको थियो । पछिल्लो २४ घण्टामा चौध हजार ९७१ वटा नमुना परीक्षण गर्दा ९६८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आठ हजार २७२ जनामा गरिएको पीसीआर परीक्षणमा ५७२ जनामा र ६ हजार ६९९ जनामा एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ । पछिल्लो २४ घण्टामा २६२ जना डिस्चार्ज भएका छन् । 

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - २१:२१:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology