Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

उदयपुरगढी दरबार क्षेत्रमा नेपाली सेनाको एकीकरण पदयात्रा

उदयपुरगढी दरबार क्षेत्रमा नेपाली सेनाको एकीकरण पदयात्रा

न्युज कारखाना

२३, पौष २०७८
उदयपुरगढी दरबार क्षेत्रमा नेपाली सेनाको एकीकरण पदयात्रा

ईश्वर तामाङ, उदयपुर, २३ पुस । उदयपुरको पुरानो सदरमुकाम उदययपुरगढी दरबार क्षेत्रमा नेपाली सेनाले एकीकरण पदयात्रा सञ्चालन गरेको छ । नेपालको राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवर्द्धन गर्न सेनाको रणशार्दुल गणले उदयपुरगढी किल्लामा शुक्रवार एकीकरण पदयात्रा गरेको हो ।

images

सेनाको आयोजनामा उदयपुरगढी गाँउपालिका–. ८ मदन भण्डारी लोकमार्गस्थित नरेटारबाट उदयपुरगढी गाउँपालिका– ६ नेपालटार बजार हुँदै पद यात्रा गरेको थियो । नेपाली सेनाको साँस्कृतिक झाँकीसहित मार्चपास पद यात्रामा नेपाली सेनाको रणशार्दुल गण बोक्से ब्यारेक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ५ नम्बर गण रातमाटेसहितको संयुक्त टोली रहेको थियो ।

नरेटारबाट मार्चपास सुरु गरेर उदयपुरगढी गाउँपालिका- ५ स्थित ऐतिहासिक उदयपुरगढी किल्ला क्षेत्र सञ्चालन गरिएका थिए । उदयपुरगढी किल्लामा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र उदयपुरगढी गाउँपालिका उपाध्यक्ष सानुमाया राउतबाट संयुक्त रुपमा झण्डोत्तोलन गरिएको थियो । पुरानो उदयपुरगढीमा झण्डोत्तोलनपछि पञ्चावती मन्दिर परिसरमा सेनाले उदयपुरगढी क्षेत्रमा सरसफाइ गरेको थियो । उदयपुरगढी नेपाली काग्रेसका नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको टोलीले २६ कात्तिक २००७ सालमा कब्जा गरेको स्थान पनि हो । 

समारोहमा उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष राउत, प्रमुख जिल्ला अधिकारी यादव, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख सुबासचन्द्र बोहोरा, सशस्त्र प्रहरी बल ५ नम्बर गणका प्रमुख सुधिर सुवेदी, राष्ट्रिय अनुसन्धान कार्यालय उदयपुरको प्रमुख, प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदी, उदयपुरगढी गाउँपालिका– ६ का वडाध्यक्ष कृष्णबहादुर खत्री, वडा नम्बर ८ का वडाध्यक्ष टंकबहादुर श्रेष्ठ, कार्यपालिका सदस्यत्रय संगिता विक, कुन्तिमाया मगर, गोमा खत्री लगायतका जनप्रतिनिधि, स्थानीय बुद्धिजिबी, स्थानीयको उपस्थिति थियो । 

यस किसिमको कार्यले ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण, संबर्द्धन एवम प्रबर्द्धनमा टेवा पुग्ने र आन्तरिक पर्यटन प्रबर्द्धनमासमेत सहयोग मिल्नुका साथै राष्ट्रिय एकता र प्रतिष्ठाको प्रबर्द्धनमा अहम् भूमिका खेल्ने विश्वास नेपाली सेनाले लिएको छ । सेनाको रणशार्दुल गणले विगतदेखि नै गढी किल्ला संरक्षण तथा प्रवर्द्धनको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । संयुक्त टोलीले नरेटारदेखि पुरानो उदयपुरगढीसम्म करिब १३ किलोमिटरको पदयात्रा गरेको थियो । पदयात्रामा पृथ्वीनारायण शाहको पालमा गठन गरिएको सेना कालो दौरा सुरुवाल लगाई त्यस बेला प्रयोग गरिएको हतियारसहित साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । 

प्रमुख जिल्ला अधिकारी यादवले पुरानो उदयपुरगढी किल्लामा झण्डोत्तोलन गर्दै किल्ला तथा गढीको संरक्षण गर्ने कार्यमा सेनाले अहम् भूमिका खेर्दै आएको बताए । उदयपुरगढी गाँउपालिकाका उपाध्यक्ष राउतले ऐतिहासिक पहिचान बोकेको उदयपुरगढी क्षेत्रलाई संरक्षण र प्रबद्धधन गर्न लागि परेको जानकारी दिइन । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पालिकाले योजनाबद्ध रुपमा गुरु योजना बनाएर अघि बढेको उनको भनाइ छ ।

प्रमुख सेनानी अर्जुन बोहोराका अनुसार अघिल्लो हप्तामात्रै रणशार्दुल गणले चौदण्डीगढी दरबार क्षेत्रमा पदयात्रासहित झण्डोत्तोलन गरेको थियो ।

 

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - २१:१७:४१ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology