Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी प्रदेशका कृषि मन्त्री थापाको २ करोडको योजना छनौट (हेर्नुस् कहाँ कहाँ प¥यो)

गण्डकी प्रदेशका कृषि मन्त्री थापाको २ करोडको योजना छनौट (हेर्नुस् कहाँ कहाँ प¥यो)

इच्छाकामना न्युज

५, मंसिर २०७७
गण्डकी प्रदेशका कृषि मन्त्री थापाको २ करोडको योजना छनौट (हेर्नुस् कहाँ कहाँ प¥यो)
images

गोरखा, ५ मंसिर । कृषि मन्त्री तथा साँसद लेखबहादुर थापामगरले आफ्नो क्षेत्रको बिकास कार्यक्रमलाई आएको २ करोडको योजना छनौट गरेका छन् ।

images
images

मन्त्री थापामगरले गोरखा निर्वाचन क्षेत्र नम्बर १ (क) को निर्वाचन क्षेत्र बिकास कार्यक्रममा प्राप्त २ करोड करोड रुपैयाबाट २५ वटा योजना छनोट भएका छन् ।

मन्त्री थापामगरको अध्यक्षतामा बसेको निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम निर्देशक समितिको बैठकले सडक स्तरोन्नती, सामुदायिक भवन निर्माण लगायतका बिभिन्न २५ शिर्षकमा बजेट बाँडफाँड गरेका हुन् ।

कार्यक्रम अन्र्तगत गोरखा नगरपालिका २ स्थित कोखेआहाले देउराली डाँडा गाइखुर सडक स्तरोन्नतीका लागि २५ लाख, आहाले मुस्लिम कब्रस्थानमा कम्पाउण्ड निर्माणका लागि २५ लाख छुट्याइएको मन्त्री थापामगरले जानकारी दिए ।

त्यस्तै गोरखा नगरपालिका ५ स्थित सतिपिपल–स्वाँरा–घलाङ सडक स्तरबृद्धिका लागि ८ लाख, गण्डकी गाउँपालिका ३ मा तिवारी गाउँदेखि भैरव मन्दिरसम्म पुग्ने सिढी बाटो निर्माणका लागि ५ लाख बिनियोजना गरिएको छ ।

गोरखा नगरपालिका ४ स्थित नमुना टोल सुधार समितिको सामुदायिक भवन निर्माणका लागि ७ लाख, गोरखा नगरपालिका ३ को बिध्यासिनी माबिमा शहिद प्रकाश धिताल स्मृति मञ्च निर्माणका लागि ६ लाख, गाइखुर रजेदार टोल बिकास संस्थाको अधुरो भवन निर्माणका लागि ३ लाख, गोरखा अस्पतालमा रहेको शव गृहको साइडमा कम्पाउण्ड वाल निर्माणका लागि ६ लाख, नेपाल मगरसंघ जिल्ला समिति गोरखाको भौतिक पूर्वाधार निर्माणका लागि पनि ८ लाख बिनियोजन गरेको छ ।

स्याम्केस चेपाङ गाउँमा बाख्राको खोर तथा अन्य पूर्वाधार निर्माणका लागि ६ लाख, याङ्दीमा शिव पार्वती कृषि सामुदायिक भवन निर्माणका लागि ७ लाख, कालिका युवा क्लबको भवन निर्माणका लागि ७ लाख, दर्वुङमा रहेको अन्नूपूर्ण महिला समुहको भवन निर्माण ८ लाख, महाकाली एकिकृत युवा क्लबको भवन निर्माणका लागि ७ लाख, कृषि तथा बन बिज्ञान अनुसन्धान केन्द्र घ्यालचोकको भौतिक पूर्वाधार निर्माणका तथा तारबारका लागि ६ लाख, सिउरेनीटार कृषि सामुदायिक भवन निर्माणका लागि ८ लाख, दारसिङ महिला समुहको अधुरो भवन निर्माणका लािग ३ लाख बिनियोजन गरिएको छ ।

उता सिम्ले धुर्ली स्वाँरा महिला सामुदायिक भवन निर्माणका लागि ३ लाख, उपशक्ति युवा क्लबको भवन निर्माणका लागि ७ लाख, कोठथोक पर्यटन सामुदायिक भवन निर्माणका लागि ७ लाख, तल्लो ज्यामिस्वाँरा साुमदायिक भवन निर्माणका लागि ७ लाख, थापागाउँ कृषि सामुदायिक भवन निर्माणका लागि ७ लाख, छापथोक कृषि सामुदायिक भवन निर्माणका लागि ७ लाख र सहित अविनास स्मृत युवा क्लबको अधुरो भवन निर्माणका लागि ६ लाख बिनियोजन भएको गरिएको मन्त्री थापामगरले जानकारी दिए ।

1-rotated.jpg

126095938_798363240723936_5444407258830925613_n-rotated.jpg

126290608_3472714799494150_8319302009543630271_n-rotated.jpg

images
प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १९:२४:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology