Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

ट्याक्सीबाट ठगिने क्रम नरोकिएको यात्रुहरूले गुनासो 

ट्याक्सीबाट ठगिने क्रम नरोकिएको यात्रुहरूले गुनासो 

images

सिआईएन

२३, पौष २०७८
ट्याक्सीबाट ठगिने क्रम नरोकिएको यात्रुहरूले गुनासो 
images

सुसीला श्रेष्ठ, काठमाडौँ, २३ पुस । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभित्र ट्याक्सीबाट ठगिने क्रम नरोकिएको यात्रुहरूले गुनासो गरेका छन् । सरकारले मिटर जडित ट्याक्सीको भाडा दर प्रतिकिलोमिटर ३९ रुपैयाँ तोके पनि अधिकांश ट्याक्सी चालकले मिटरमा जान अटेर गर्दै आएका छन् । ऐन्, कानूनमा भएको व्यवस्था सरकारले मापदण्ड बनाएर भाडा निर्धारण गरे पनि ठगिने क्रम नरोकिएको उनीहरूको गुनासो छ । 

काठमाडाँै उपत्यका सहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभित्र ट्याक्सी चालकले भाडाको विषयमा अनावश्यक मोलमोलाइ गर्ने गरेका छन् । जहाजबाट आफन्त भेट्न काठमाडौँ आउनुभएका चितवनका ललिता राईले ट्याक्सी चालकले दोब्बर भाडा असुल्न खोजेको बताउनुभयो । ट्याक्सीमा हुने ठगी रोक्न सरकारले उठेको भाडा प्रिन्ट गर्ने मेसिन ५ वर्षअघिदेखि जोड्न सुरु गरेको थियो । तर यो मेसिन जोड्न ट्याक्सी चालक सबै तयार भइसकेका छैनन् । 

विमानस्थलमा भेटिनु भएका एक जना ट्याक्सी चालक ठाकुर विश्वकर्माले भाडादर ट्याक्सी चालक अनुसार फरक फरक पर्ने बताउनुभयो । सरकारले तोकेको ट्याक्सीको भाडा दर कार्यान्वयनमा नआउँदा पनि बढी भाडा लिने चालक कारबाहीमा परेका खबर नगन्ने सङ्ख्यामा आउँछन् । बढी भाडा लिने ट्याक्सीलाई कारबाही गर्न प्रदेश सरकारकाले विभिन्न नियम व्यवस्था लागु गरेकोे यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमीरेले बताउनुभयो । यात्रुको उजुरी आए कारवाहि गर्ने घिमीरेको भनाइ थियो । 

यातायात व्यवस्था विभागका अनुसार काठमाडौँमा मात्रै चल्ने ट्याक्सीको सङ्ख्या १३ हजार छ । मिटरमा जान नमान्ने, बढी भाडा लिने, भीडभाडमा यात्रुमाथि दुव्र्यवहार लगायतका गुनासो ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गर्न सकिन्छ । ५ पटकभन्दा बढी उजुरी परेमा ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था कानुनमा छ । तर यात्रुले उजुरी नगर्दा गलत गर्ने ट्याक्सी चालकले उन्मुक्ति पाइरहेका छन् । 

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - ०९:००:५० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology