Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

२९ औँ त्रिवेणी कपकाे फाइनल आज : भगवती टोखा र वीवाईसी भोटेवडार भिड्दै

२९ औँ त्रिवेणी कपकाे फाइनल आज : भगवती टोखा र वीवाईसी भोटेवडार भिड्दै

images

इच्छाकामना न्युज

२१, पौष २०७८
२९ औँ त्रिवेणी कपकाे फाइनल आज : भगवती टोखा र वीवाईसी भोटेवडार भिड्दै
images

लमजुङ, २१ पुस । लमजुङको सदरमुकाम बेंसीसहरमा जारी २९औँ त्रिवेणी कप प्रतियोगिताकाे उपाधिका लागि भगवती टोखा काठमाडौँ र बुद्ध युथ क्लब भोडेवडारबीच भिडन्त हुने भएकाे छ । 

त्रिवेणी रंगशालामा मंगलबारको पहिलो सेमिफाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लवलाई शून्यका विरुद्ध तिन गोलले हराउदै श्री भगवती टोखा फाइनलमा प्रवेश गरेको हो ।

फाइनल खेल दिउँसो १ बजे हुने त्रिवेणी युवा क्लवका अध्यक्ष विनोद गुरुङले बताए । जिल्लाकै सर्वाधिक  राशीको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताका विजेताले ५ लाख , त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछन् । उपविजेताले ३ लाख, रजत पदक र प्रमाणपत्र पाउनेछन् ।

सेमिफाइनल पुगेका २ टिमलाई नगद ५०-५० हजार  दिइने आयोजकले जनाएको छ । आयोजकका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई १५-१५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्रिवेणी युवा क्लवको आयोजनामा यहि १२ पुसबाट बेंसीशहरको सहजी खेलमैदानमा सुरु भएको राष्ट्रव्यापी २९औँ त्रिवेणी कप प्रतियोगितामा देशभरमा १८ टिमको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :पौष २१, २०७८ बुधवार - ०७:४५:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology