Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माघको दोस्रो साता ओमिक्रोनले महामारीको रूप लिनसक्ने सरकारको आँकलन 

माघको दोस्रो साता ओमिक्रोनले महामारीको रूप लिनसक्ने सरकारको आँकलन 

images

सिआईएन

२०, पौष २०७८
माघको दोस्रो साता ओमिक्रोनले महामारीको रूप लिनसक्ने सरकारको आँकलन 
images

सीता शर्मा, काठमाडौँ, २० पुस । यसअघि बनाइएका अधिकांश भौतिक संरचना बन्द भएपछि कोरोना नियन्त्रण गर्न सकिन्न कि भन्ने चिन्ता थपिएको छ । नेपालमा पनि ओमिक्रोन अर्थात कोरोनाको तेस्रो लहर देखिएको छ भने माघको दोस्रो साता यसले महामारीको रुप लिनसक्ने सरकारको आँकलन छ । तर कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न बनाइएका भौतिक संरचना बन्द गरिएको छ । झापाको बिर्तामोड नगरपालिकाले कोरोनाको दोस्रो लहरका बेला बनाएको ५५ शैयाको आइसोलेसन कक्ष र मेची आँखा अस्पताल परिसरमा बनाइएको आइसोलेसन कक्ष बन्द भएको नगर प्रमुख धुव्र कुमार शिवाकोटीले बताउनुभयो । 

त्यसैगरि डोटीको दिपायल सिलगढी नगरपालिकाले बनाएका सबै क्वारेन्टाइनस्थल र आइसोलेन कक्ष पनि हटाइएको नगर उपप्रमुख शिव कुमार खड्काले जानकारी दिनुभयो । स्थानीय तहले मात्रै नभइ कोरोनाको पहिलो र दोस्रो लहरका बेला प्रदेश र सङ्घ सरकारमार्फत अस्थायी अस्पताल बनाइएको थियो । काठमाडौँको निजामती कर्मचारी अस्पतालमा कोरोना सङ्क्रममितका लागि ५० शैयाको सुविधासम्पन्न अस्पताल बनाएपनि अचेल त्यहाँ अरु बिरामीलाई राख्न थालिएको अस्पतालका कोरोना फोकल पर्सन डा. विदेश विष्टले बताउनुभयो । 

अहिले देशभर २ हजार ७ सय २६ आइसियु, १ हजार ८९ भेन्टीलेटर र ३ हजारको हाराहारीमा एचडीयू सुविधाका शैया छन् । सेती प्रादेशीक अस्पताल सुदु्रपश्चिमले भने कोरोनाको तेस्रो लहरको जोखिमलाई ध्याद दिँदै पुराना संरचनालाई यथावत राखेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाको पहिलो लहरका बेला जम्मा ६ हजार अक्सिजन सिलिन्डर नेपालमा थिए भने अहिले अस्पतालहरूसँग दैनिक ७ हजारभन्दा धेरै सिलिन्डर उपलब्ध गराउने क्षमता छ । १८ हजारभन्दा धेरै अक्सिजन सिलिन्डर व्यवसायीहरूसँग छन् । 

कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले तयारी अवस्थामा रहन भनिएको स्वास्थ तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले बताउनुभयो  । कोरोनाको पहिलो लहरमा ३० वटा अक्सिजन पलान्ट नेपालमा थिए । अहिले सातै प्रदेशका अस्पतालमा गरी ७६ वटा जडान गरिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

images
प्रकाशित मिति :पौष २०, २०७८ मंगलवार - १०:१९:२८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology