Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले चितवनको दशौं जिल्ला अधिवेशनको लागि १६०० प्रतिनिधि छानिए

एमाले चितवनको दशौं जिल्ला अधिवेशनको लागि १६०० प्रतिनिधि छानिए

इच्छाकामना न्युज

१९, पौष २०७८
एमाले चितवनको दशौं जिल्ला अधिवेशनको लागि १६०० प्रतिनिधि छानिए
images

चितवन, १९ पुस । एमाले चितवनको १० औं जिल्ला अधिवेशनको लागि विभिन्न स्थानीय तह र पेसागत संगठनहरुबाट एक हजार ६०० प्रतिनिधिहरु छानिएका छन् । विभिन्न स्थानीय तहका वडाहरु, वर्गीय र पेसागत संगठनहरुबाट प्रतिनिधिहरु छानिएका हुन् ।

images
images

छानिएका प्रतिनिधिहरुमा झण्डै ४० प्रतिशत महिला रहेको एमाले चितवनका सचिव प्रकाश खनाल ‘शैलेस’ ले नारायणी अनलाइनलाई बताए । उनका अनुसार सबैभन्दा धेरै ६३ जना प्रतिनिधि भरतपुर महानगरपालिका वडा नम्बर ११ बाट छानिएका छन् ।

विभिन्न पार्टीका संगठनहरुमा भएको भेलाले सर्वसम्मतरुपमा प्रतिनिधिहरुको छनोट गरेको छ । एमालेको १० औं जिल्ला अधिवेशन भरतपुरको तारापुञ्ज रिसोर्टमा पुस २३ गते उद्घाटन हुने र पार्टी कार्यालयमा बन्द शत्र हुने एमाले चितवनका सचिव खनालले जानकारी दिए । पार्टीको जिल्ला अधिवेशनलाई एमालेका अध्यक्ष केपीशर्मा ओलीले भर्चुअलरुपमा उद्घाटन गर्ने जनाइएको छ । अधिवेशनमा जिल्लाका सम्पूर्ण शीर्ष नेताहरुको उपस्थिति रहने छ । सचिव खनालले जिल्ला अधिवेशनमा सहमतिमा नै नेतृत्व छनोट हुने दाबी गरे ।

१० औं महाधिवेशनमा चितवन जिल्ला अध्यक्ष बन्नका लागि एमाले नेताहरु रामप्रसाद न्यौपाने ,कृष्ण भुर्तेल, तेजेन्द्र खड्का, र कमल पाठकले आकांक्षा देखाएका छन् । खड्का र भुर्तेल दुई अग्रज नेताहरु हुन् भने न्यौपाने र पाठक दुवै युवा नेताहरु हुन् । खड्का पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष, भुर्तेल एमालेको वाग्मती प्रदेश सांसद, रामप्रसाद न्यौपाने यसअघि महानगरका अध्यक्ष हुन् भने पाठक जिल्ला कमिटी सदस्य भएर काम गरेका नेता हुन् । भूगोलको हिसाबमा हेर्दा चार जना नेताहरु फरक फरक भूगोलबाट राजनीतिमा उदाएका नेताहरु हुन् ।

 

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - २१:२९:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology