Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सरकारले क-कसलाई दिने छ बुस्टर डोज ?

सरकारले क-कसलाई दिने छ बुस्टर डोज ?

images

इच्छाकामना न्युज

१९, पौष २०७८
सरकारले क-कसलाई दिने छ बुस्टर डोज ?
images

काठमाडौं, १९ पुस । सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले बुस्टर डोजका रुपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो ।

कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबारदेखि नै अतिरिक्त खोप दिइने जानकारी दिएका छन् । 

केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आधारमा सरकारले यो निर्णय गरेको उनले बताएका छन् ।

मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामीले अतिरिक्त डोज पाउने छन् ।

उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू सेवन गरिरहेका बिरामी, भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिलाई पनि सरकारले अतिरिक्त खोप लगाउने निर्णय गरेको छ । 

लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थय संस्थामा गई थप मात्रा खोप लगाउन सक्ने छन् ।

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - २०:३४:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology