Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यहि पुस २० गतेदेखि सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल सुरु हुने

यहि पुस २० गतेदेखि सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल सुरु हुने

images

इच्छाकामना न्युज

१९, पौष २०७८
यहि पुस २० गतेदेखि सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल सुरु हुने
images

चितवन, १९ पुस । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल पुस २० गतेदेखि सुरु हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा चितवन जिल्ला फुटबल संघले प्रतियोगिता बारे जानकारी दिएको हो ।

लिग माघ ८ गतेसम्म चल्नेछ । भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा हुने जिल्ला लिगमा १३ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड एण्ड रोबिनको आधारमा हुने लिगमा दुवै समूहबाट शीर्ष दुईमा रहने टोली सेमीफाइनल प्रवेश गर्नेछ । दुवै समूहबाट पुछारमा रहने एक/एक टोली रेलिगेशनमा पर्नेछ र बी डिभिजनमा घटुवा हुनेछ ।

लिग चरणका ३६, सेमीफाइनल र फाइनल गरी ३९ खेल हुनेछ । लिग विजेताले ट्रफीसहित एक लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५/२५ बजार प्राप्त गर्नेछ । एक टोलीले फेयर प्ले अवार्ड पाउनेछ । हरेक खेलको उत्कृष्ट खेलाडीले ट्रफीसहित एक हजार तथा लिग भरको सर्वोकृष्ट खेलाडीले गोल्डेन बल अवार्ड, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट र सर्वोकृष्ट गोलकिपरले गोल्डेन ग्लोभ्ससहित समान पाँच/पाँच हजार प्राप्त गर्ने संघका महासचिव रामहरि ढकालले जानकारी दिनुभयो ।

नारायणगढस्थित सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि लिगको मुख्य प्रायोजक हो । लिग सम्पन्न गर्न सात लाख खर्च हुने अनुमान गरिएको छ । लिगका सबै खेल एन्फा चितवनको फेसबुक पेजबाट लाईभ हुनेछ । आइतबार आयोजित पत्रकार सम्मेलनमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञ विलास (वाईबी) पौडेलले आफूले खेलकुदको विकासका लागि सधैँ सहयोग गर्दै आइरहेको बताउनुभयो । चितवनको फुटबल खेलको विकासका लागि ए डिभिजन लिग फुटबल प्रतियोगिता निकै महत्वपूर्ण रहेको पौडेलको भनाइ छ ।

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - ०९:३५:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology