Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालमा माघ दोस्रो हप्तादेखि ओमिक्रोनको तेस्रो लहर आउनसक्ने -मन्त्रालय

नेपालमा माघ दोस्रो हप्तादेखि ओमिक्रोनको तेस्रो लहर आउनसक्ने -मन्त्रालय

images

इच्छाकामना न्युज

१९, पौष २०७८
नेपालमा माघ दोस्रो हप्तादेखि ओमिक्रोनको तेस्रो लहर आउनसक्ने -मन्त्रालय
images

काठमाडौं, १९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टको तेस्रो लहर माघ दोस्रो हप्तादेखि आउनसक्ने बताएको छ । ओमिक्रोन भेरियन्ट फैलिन नदिन मन्त्रालयले सतर्कताका लागि स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ ।

‘अर्को लहरमा देखापर्ने पूर्व संकेत देखिसकेकाले माघको दोस्रो सातापछि अर्को लहर आउने प्रक्षेपण गरिएको छ, ’मन्त्रालयका एक अधिकारी भन्छन्, ‘मन्त्रालयले यस विषयमा र्‍यापिड एक्सन प्लान तयार गरिरहेको छ ।’

उनका अनुसार तेस्रो लहर आएमा दोस्रो लहर उच्च विन्दुमा पुगेको बेला भन्दा बढी संक्रमित हुन सक्छन् । दोस्रो लहरमा एकैदिन ९ हजार २ सय संक्रमित थपिएका थिए, जसका कारण अस्पतालहरुमा वेड र अक्सिजनसमेत अभाव भएको थियो ।

 

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - ०९:२४:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology