Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अन्य देशको तुलनामा ओमिक्रोनको संक्रमण नेपालमा निकै कम, जोखिम भने कायमै

अन्य देशको तुलनामा ओमिक्रोनको संक्रमण नेपालमा निकै कम, जोखिम भने कायमै

images

इच्छाकामना न्युज

१६, पौष २०७८
अन्य देशको तुलनामा ओमिक्रोनको संक्रमण नेपालमा निकै कम, जोखिम भने कायमै
images

काठमाडौं, १६ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण नेपालको अन्य देशको तुलनामा कम रहेको विज्ञहरू बताउँछन् । पश्चिममा देशसहित छिमेकी भारतमा समेत यसको संक्रमण बढिरहेका बेला नेपालमा अहिलेसम्म ओमिक्रोनको संक्रमण निकै कम देखिएको जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले बताए । 

उनका अनुसार अन्य देशको तुलनामा नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको परीक्षण गर्दा संक्रमण निकै कम देखिइको छ ।

नेपालमा हालसम्म ओमिक्रोनको संक्रमण देखिएका तीन जनामध्ये दुई जना संक्रमणमुक्त भइसकेका र एक जनामा अझै संक्रमण देखिरहेको उनले बताए । 

ओमिक्रोन जोखिमयुक्त रहेको संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी बताउँछन् । डा मरासिनी र डा सुवेदीका अनुसार कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्ति पनि ओमिक्रोनको जोखिममा छन् । 

अन्य भेरियन्टको तुलनामा ओमिक्रोन निकै संक्रामक रहेको जानकारी दिएका डा सुवेदीले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना र अस्पतालमा उपचारका लागि पूर्वतयारी गरेर बस्नुपर्ने बताए । 

ओमिक्रोनको संक्रमण नियन्त्रणका लागि पीसीआर र एन्टिजेनको परीक्षणको दायरा बढाउनेदेखि जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने जनस्वास्थ्यविद् मरासिनीले बताए ।  

भारतसहितका देशमा ओमिक्रोनको संक्रमण बढिरहेकाले नेपालमा पनि यसको संक्रमण दर बढ्न सक्ने डा सुवेदी बताउँछन् । संक्रमण हुनुअघि नै सुरक्षित हुनका लागि सभा समारोह, सामाजिक भिडभाड नगरी दूरी कायम  गरेर आफ्नो काम गर्न उनले सुझाव दिए । 

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - १३:४९:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology