Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउँदैछः डब्लूएचओ

नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउँदैछः डब्लूएचओ

images

एजेन्सी

१५, पौष २०७८
नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउँदैछः डब्लूएचओ
images

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सो चेतावनी दिएका हुन् । 

‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन भने स्वास्थ्यकर्मीमा चाप थपेको छ । कोभिडका नयाँ संक्रमणल संक्रमितको सुनामी ल्याउनेछ,’ डा. गेहब्रेयससले भने ।

डब्लूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिएका छन् ।संक्रमण फैलिएपछि विभिन्न देशहरुले बुस्टर डोज दिन सुरु गरेका छन् । युरोपका विभिन्न देशहरुमा भने लकडाउन र नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन् । 

फ्रान्स र बेलायतमा अप्रत्यासित रुपमा दैनिक संक्रमितहरुको संख्या बढिरहेको छ । छिमेकी मुलुक भारतमा राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्रीकालीन कफ्र्यू घोषणा गरिएका छन् । 

images
प्रकाशित मिति :पौष १५, २०७८ बिहिवार - ०९:३४:३१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology